गणेश उप्रेती “शुशिल”
नेपालमा गणतन्त्र स्थापना भइसकेपछि सुशासनको पक्षमा प्रचण्ड सरकारले लिएको कदम र शाहसलाई योभन्दा अघिका कुनै पनि सरकारसँग तुलना गर्न सकिँदैन । दिनको घामभैmँ छर्लङ्ग ऐतिहासिक तथ्य र सत्यलाई स्वीकार्न माओवादीकै सदस्य भइरहनु पर्दैन । एउटा सचेत मान्छेलाई आपूm अघिल्तिरको सत्य दृष्य मन पर्छ । सत्य संसारकै सुन्दर पक्ष हो । यसको प्रशंसा चेत भएका सबैले गर्नु उसको नैसर्गिक अधिकार हो । विना अवरोध राज्यका निकायले छानविन गर्न पाउने वातावरण निर्माण गर्दिनु सुशासनका लागि आत्मा भरिदिनु हो, जुन प्रचण्ड नेतृत्वको सरकारले गरेको छ । यसबाट पैदा भएको पराकम्पनले आजको नेपाली समाज र राजनिती तरंगित मात्र छैन पक्ष—विपक्षमा विभक्त पनि छ । घर, टोल, समाज हुँदै सबै पार्टी र क्लबहरुमा प्रचण्ड बहस शुरु भएको छ । विगत केही वर्षदेखि बेथिति र अराजकताले झ्याप्प निस्सासिने गरी छोपेको समाजलाई दह्रो मुटु बोकेर कोही शासक आइदिए हुन्थ्यो भन्ने एउटा आक्रोस, आवेग र आशावादीका नजर टट्याउन लागि रहेको बेला प्रचण्डको तेस्रो पटकको अगमनले त्यो धुमिल दृष्यलाई सपाट बनाउँदै लगेको छ ।
एउटा समाचार भर्खरै आयो कि यस पटक किसानले बेलैमा मल पाए । मलको हाहाकारले राजनितीलाई धिक्कार्दै आप्mनो बगेको पसिनाप्रति पश्चाताप गर्ने एउटा किसानले यसपटक कम्तीमा कुनै राजनीतिलाई गाली गरेन । विद्यार्थीले बेलैमा पाठ्यपुस्तक हातमा पाए । विगतमा जस्तो कुनै अभिभावकले यसपटक आप्mना नानीको भविष्यलाई साक्षी राखेर कुनै राजनीति र व्यवस्थालाई धारे हात लगाएनन् । वर्तमान राजनीतिलाई मानिसले गाली नगर्ने बनाउन सक्नु प्रचण्डको मात्र हितमा छ कि राजनीति गर्दैछु भन्ने सबैको हितमा छ चाहे त्यो पक्ष होस् वा विपक्ष ।
प्रधानमन्त्रीको निरन्तरताको पहलले र निर्देशन तथा कृषि मन्त्रालयको सक्रियताले १० वर्ष यताकै सबैभन्दा ठुलो परिमाणमा रसायनिक मलको आपूर्ति भएको छ । मधेश लगायत ठाउँहरुमा जरा गाडेर बसेको सदखोरको नयाँ अवतारको रुपमा विकराल बन्दै गएको मिटर ब्याजी आतंक र उठीबास लाउने प्रचलनमा अंकुस लगाउँदैछ । हजारौँ बिघा जमिन फिर्ता र लाखौँ तमसुकहरु नष्ट गरिएको छ । प्रचण्ड सरकार जिन्दावाद यीनले भन्छन् जसका घर बर्बादीबाट बचेको छ । हुन त जब प्रचण्डले राज्य सत्ताको नेतृत्व गर्छन् तब मात्र किसान, मजदुरले न्याय पाउने मानक नै स्थापित भएको छ । प्रचण्ड पहिलो पटक सरकारको नेतृत्व गर्दा किसानहरुको ऋण मिनाहा भयो र औपचारीक रुपमा मजदुरको सम्मानजनक ज्याला तोकियो र दोस्रो पटक सरकारको नेतृत्व गर्दा देशमा कहालीलाग्दो गरी जमेर रहेको लोड सेडिङको औपचारीक अन्त्य भयो । तत्कालीन नेपाली समाजले कहिले कल्पना नगरेको लोड सेडिङको अन्त्य गर्न सक्ने प्रशासकको नियुक्ति प्रचण्डको दुरदर्शी लिडरसीपको एउटा सानो नमूना मान्न सकिन्छ ।
धेरै समय सरकारको नेतृत्व गर्न मौका पाउँदा पनि कुनै राष्ट्रिय काण्डमा नपरी नैतिकता र सम्मानको आदर्शलाई स्थापित गर्दै बहिरगमित हुनु प्रचण्डको सबैभन्दा ठूलो आदर्शलाई अबको राजनीति पढ्नेबुभ्mने र लेख्नेहरुले अनुसरण गर्नुपर्ने प्रमुख तथ्य हो । समकालीन नेताहरु सबै कुनै न कुनै राष्ट्रिय काण्डबाट अछुतो नरहेको बेला यो आदर्शले एउटा आशावादिताको भ्रुणलाई हुर्काएको छ । हुन त प्रचण्डसँग अरु धेरै विकल्पहरु थिए । गठबन्धनको सरकारको नेतृत्व गरेकाले यो अन्तिम हो । परम्परागत राष्ट्रिय लुटलाई संरक्षण गर्दै आफु र आफ्नोपार्टीको सुखमय यात्रा तय गरौँ भनेर एक मिनेट मात्रै पनि सोचीदिएका भए आजका राष्ट्रिय लुटेराहरुले उनको भक्तिगान र जयजयकार गर्दै रातो कार्पेटमा दिनहुँ भगवान बनाउँदै हिँड्दथे र गठबन्धनको बाध्यता भनेर स्पष्टीकरण दिन प्रचण्ड र उनको पार्टीलाई पनि आनन्दै भइरहन्थ्यो ।
विगतमा परम्पराभैँ बनेर रहेको सर्वदलीय लुटको घिनलाग्दो साङ्लो समाएर बैतर्णी तर्ने कालो इतिहासको बर्खीलापमा यसपटक एउटा राष्ट्रिय नायक उभिएको क्षणमा कसैले उनलाई जिन्दवाद नभनी बाँकी लुटेराको नाइकेलाई भन्न सक्छन् त ? हिन्दीमा एउटा भनाइ छ — गलत बातको विरोध करते रहो जमाना तुम्हे बागी कहेँगा गुलाम नहीँ । प्रचण्ड हिजो पनि बागी हुन र आज कुशासन, भ्रष्टाचार, बेतिथि, अराजकता र घोर व्यक्तिवादको विपक्षमा उभिएका बागी नै हुन् । यसमा कसैले गुनासो गर्नुपर्ने छैन । गजबको कुरा त के भइदियो भने शरणार्थी बेचेर धनी बन्न खोज्ने हरु राज्यको जमिन निलेर ड्रागन बन्न खोज्नेहरु, सुन ओसारेर राज्य टाट पार्न खोज्नेहरु सायद यही जुनीमा कल्पना पनि गरेका थिएनन् कि प्रचण्ड फेरी यसरी आउँनेछन् र कठालो समाएर भन्नेछन् (यु आर रङ) तिमी गलत छौ अब सजाय भोग । किनकी इतिहासमा तिनले हजारौँपटक प्रचण्डलाई जमिनमुनी गाडेको घोषणा गरेका थिए । दाह्रानङ्ग्रा उखेलिदिएको उद्घोष गरेका थिए र उनको तेजोबध गरेर लावारिस प्mयाँकिदिएको फर्मान जारी गरेका थिए । तर तिनले बिर्सिए कि आजको नेपाली समाजका समग्र संस्कृति र व्यवस्था प्रचण्ड विचारबाट निर्देसित छ र विचार कहिल्यै मर्दैन ।
संविधान देशको मूल संस्कृति हो । यो विश्वव्यापी मान्यता हो र यो संविधान प्रचण्ड निर्देशित महान् आन्दोलनको उत्पादन हो । यो संसारले स्वीकारेको सत्यलाई मूर्खहरुले बाहेक कसैले इन्कार गर्न सक्दैन । अनि यस व्यवस्थाप्रति भ्रम र द्वेष पैmलाएर यसको विघटन गर्न खोज्नेहरुले प्रचण्ड अन्त्यको पटकपटक घोषणा गर्दै आएका छन् । इतिहासले फेरी एकपटक हिम्मत गरेर जसको विचार उसको नेतृत्वको ऐतिहासिक तथ्यलाई प्रचण्ड उदयबाट पुष्टि गर्न खोजेको छ ।
यो व्यवथाप्रति मानिसहरुको पैmलिएको असन्तोषलाई आशावाद जागृत गराउने गरी बढेको प्रचण्ड यात्रालाई साथ दिनु आज हर सचेत नागरिकको एउटा साझा दायित्व बन्दछ । यदि हामी यही व्यवस्थामार्पmत् हाम्रो देश हाम्रा भावी सन्ततिको भविष्य सुनिश्चित भएको परिकल्पना गर्दछौँ भने सडकमा प्रचण्डप्रति देखिएका केही झिना विरोधका मथिङ्गलहरुलाई एउटा प्रश्न सोधौँ — आजको मितिमा प्रचण्डले गर्नुपर्ने के हो ? के भ्रष्टहरुलाई झापड हान्न उठेका हातहरु उनीसँग न्यानो गरी मिलाउनु पर्ने ? राज्य बेच्नेहरुलाई फुलमाला लाउनुपर्ने ? घुसखोरका एजेन्टहरुलाई काखमा थपथपाउनु पर्ने ? के नाम चलेका कुशासक र भ्रष्टहरुको फायलहरु नखोली बागमतीको फोहोरको डङ्गुरमा मिल्काइदिनुपर्ने र मिल्काएर भन्नुपर्ने आउ तिमी र म सँगसँगै गरौँ यात्रा । देश निल्ने अभियानको सगैँ गरौँ सल्लाह ?
नेपालीमा एउटा उखान छ — अभागीलाई खाने बेलामा टाउको दुख्छ । हाम्रो सामाजिक मनोविज्ञान राम्रोसँग बुझेका केही अगुवाहरु यो उखानको मनोविज्ञानलाई फेरी क्यास गर्न सकिन्छ कि भनेर न्वारानदेखिको बल लगाइरहेको यो बेला तपाईँ के सोच्दै हुनुहुन्छ ? महत्वपूर्ण सवाल यो छ सबैतिर निराशा र असन्तोषको बादल मात्र मडारिएको बेला पर क्षितिजमा दृश्य बनेर पलाएका प्रचण्ड आशावादलाई हेर्न सक्नु आजको सामाजिक दायित्व हो र यो उनको पार्टीको मात्र प्रश्न होइन, कोही शासक त हामीले खोजेकै हो ? बदमासको कठालो समाउन सक्ने । आजको नेपालमा बाँचेका शासकमध्ये हिम्मत प्रचण्डले देखाए । इतिहासले पटकपटक सबैलाई धेरथोर अवसर दिएकै थियो तर कसैले आँट गरेनन् । हिम्मत गर्नेले नै युद्धको नेतृत्व गर्छ । नेतृत्वको विश्वास गर्नेले नै युग परिवर्तनमा योगदान गर्न सक्छ । एउटा राष्ट्रिय युद्ध सुरु भएको छ । अंकगणितले स्वभाविक प्रचण्ड कमजोर छन् तर इच्छा क्षमता र केही गरौँ भन्ने इमानदार हुटहुटी समकालीन नेताहरुभन्दा धेरै धेरै धेरै माथि छ । अंकगणित त तत्कालीन घटनाक्रमले सापेक्षित रुपमा सिर्जना गर्ने अल्पकालीन सत्य मात्र हो । मुख्य कुरा त जनताको पक्षमा, व्यवस्थाको पक्षमा र परिवर्तनको पक्षमा कसले कतिबेला कस्तो कदम अगाडि बढाउँछ । आज अहिले र हिजोपनि प्रचण्डका कदम र पहलकदमी दृश्य–अदृश्य सधैँ क्रान्तिको पक्षमा रह्यो र आज त्यो अहिलेको समाजले आजको पुस्ताले र आजको वर्तमानले झन् प्रष्ट बुभ्mने चिन्ने र थाहा पाउने गरी प्रकट भएको छ । यो बेला सबैले गर्वका साथ भन्न सकौँ — प्रचण्ड सरकार जिन्दावाद । सायद यो नाराले भविष्यको परिकल्पनामा रहेको समाजवादी सूर्योदयको धूमिल आकासलाई फाट्न मद्दत पुग्नेछ
(लेखक नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिका सचिव तथा प्रदेशसभा सदस्य हुन् ।)