विराटनगर । आधा घण्टाका लागि स्थगित भएको कोशी प्रदेशसभाको बैठक आजै ८ः०० बजे पुनः बस्ने भएको छ ।
कोशी प्रदेशसभा सचिवालयले साँझ ७ः२० बजे सूचना जारी गर्दै ८ बजे बैठक बस्ने जनाएको हो ।
‘कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको आज बसेको प्रथम बैठक ३० मिनेटसम्मको लागि स्थगन भएकोमा विशेष कारणबस स्थगन पछिको वैठकको कारबाहीका लागि मिति २०८०।०३।१४ गते साँझ ८ः०० बजे बैठक बस्ने व्यहोरा कोशी प्रदेशको प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत)को नियम ६ को उपनियम (२) बमोजिम माननीय सदस्यज्यूहरुलाई जानकारीका लागि माननीय सभामुखज्यूको आदेशानुसार यो सूचना प्रकाशित गरिएको छ,’ प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले जारी गरेको सूचनामा उल्लेख छ ।