विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि आइतवार उपप्रमुख शिल्पा निराला कार्कीले वार्षिक आय तथा व्ययको अनुमानित विवरण नगरसभामा पेश गरेकी छिन ।
आगामी आवका लागि ल्याइएको बजेटमा महानगरले साधारण खर्च तर्फ कर्मचारी पोशाकको दुई छुट्टाछुट्टै शीर्षकमा बजेट विनियोजन गरेको छ । कर्मचारी पोशाक र फोहोर पानी प्रशोधन केन्द्र तफ पोशाक खर्च भनी दुई छुट्टाछुट्टै शीर्षकमा ६२ लाख र ९७ लाख रुपियाँ गरी १ करोड ५९ लाख रुपैयाँ छुट्याइएको छ ।
यसैगरी महानगरले भत्ताका विभिन्न शीर्षकमा ठूलो रकम विनियोजन गरेको छ । कर्मचारी तथा पदाधिकारीको बैठक भत्ताका लागि मात्र महानगरले ३ करोड १५ लाख रुपियाँ बजेट छुट्याएको छ ।
आइतबार नगरसभामा प्रस्तुत गरिएको बजेटमा कर्मचारीको बैठक भत्ता शीर्षकमा २५ लाख, स्थानीय भत्ता र अतिरिक्त भत्ता शीर्षकमा २ करोड, पदाधिकारीको बैठक भत्ता शीर्षकमा ९० लाख विनियोजन गरेको छ ।