काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजि श्रेष्ठले विपद् व्यवस्थापनमा सरकार प्रतिवद्ध भएर लागेको दाबी गरेका छन् ।
बिहिवार दिगो विकास समितिको बैठकमा उनले आफुहरुले विपदलाई केन्द्रबिन्दुमा राखेर सबैपक्षलाई समेटेर काम गरिरहेको बताए ।
उनले भने ‘विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन गरेका छौं । यसलाई प्रभावकारी बनाउन जोड दिएको छ । पहिलेकै ठाउँमा प्राधिकरण छैन्। प्राधिकरणले यसलाई व्यवस्थित ढंगले अगाडी बढाउन कार्य गरिरहेको छ । हामीले विपदको कोणबाट हेर्दा समन्यात्मक ढंगले काम गनै पर्ने भएकोले सबै मन्त्रालयहरु हाम्रो केन्दीय कार्यकारीमा छन् । ’
उनले विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण पहिलेको तुलनामा निकै शक्तिशाली भएको बताए । विपद जोखिम न्युनीकरण र उद्धारको कार्यको लागि आवश्यक पुर्वाधारहरुको व्यवस्था गरेको गरिएको भन्दै उनले तत्कालको लागि सरकारले मानवीय खोजि उद्धारलाई र बस्न नमिल्ने घरहरुलाई तत्काल स्थानन्तरण गर्ने कार्य गरेको बताएका छन् ।