काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध राम्रो सुरुवात गरेको छ ।
जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा टस जितेर पहिले पहिले बलिङ गरेको नेपालले दोस्रो ओभरको तेस्रो बलमै पहिलो विकेट लिएको हो ।करण केसीले केल मायरलाई कुशल भुर्तेलको हातबाट क्याच गराएका हुन् ।
त्यस्तै गुलशन झाले जोनसन कार्लेसलाई आरिफ शेखको हातबाट सुन्य रनमा पेभिलिएन पठाएका हुन् । नेपालले मंगलबार अमेरिकासँग खेलेको प्लेईङ–११ लाई नै निरन्तरता दिएको छ ।
पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो । दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियनसँग नेपालको यो नै पहिलो भेट हो ।नेपालले कुनै पनि विश्व बिजेतासँग पहिलो पटक खेल्ने अवसर पाएको हो ।नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।