विराटनगर । आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल जिम्बाब्वेसँग पराजित भएको छ । नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बाब्वेले २ विकेटको क्षतिमा ३५ बल बाँकी छँदै भेट्टाPsf] lyof] .
जिम्बाब्वेको जितमा क्रेग एर्बिनले नटआउट १२१ रनको योगदान दिए । यस्तै सेन विलियम्सले पनि २०२ रनको नटआउट योगदान दिए । अन्य दुई ब्याट्सम्यान भने ३२ र २५ रन बनाएर आउट भएका थिए ।
आइतबार हरारे स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९० रन बनाएको थियो ।नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ९९ रनको योगदान गरे । उनले ९५ बलमा १३ चौका र २ छक्का प्रहार गरे ।त्यस्तै आशिफ शेख ६६ रन बनाएर आउट भए । १०० बल खेलेका उनले सात चौका प्रहार गरे ।
कुशल मल्लले ४१ रनको योगदान गरे । उनले ४२ बलमा दुई चौका र तीन छक्का प्रहार गरे ।यस्तै कप्तान रोहित पौडेल ३१ रन बनाएर आउट भए । उनले २९ बलमा दुई चौका र दुई छक्का प्रहार गरे ।
गुल्सन झा १३ रन बनाएर आउट भए । उनले एक चौका प्रहार गरे । आरिफ शेख ११ बलमा १० र दीपेन्द्रसिंह ऐरी ७ बलमा ६ रन बनाएर आउट हुँदा भीम सार्कीले रनको खाना नै खोल्न सकेनन् ।