काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले सशर्त योजनाको कार्यान्वयन गराउन अर्थमन्त्री प्रकाशशरण महतसँंग जवाफ माग गरेका छन् ।
शुक्रवारराष्ट्रिय सभा बैठकमासांसद देवकोटाले सरकारले बजेट भाषणमा लेखिसकेपश्चात् विवरण माग गर्दा अर्थले दिन नमानेको भन्दै अर्थमन्त्री प्रकाश शरण महतसँग जवाफ मात्र मागेनन् संघीयता कार्यान्वयन नहुनुमा दोषी करार पनि गराए ।
उनले भने, ‘मेरो संयोजकत्वमा जुन संघीयता कार्यान्वयन अनुगमन संसदीय विशेष समिति बनेको थियो । प्रदेशले गुनासो गरिसकेपछि संसदको सचिवालय मार्फत अर्थमन्त्रालयमा चिठ्ठी पठायौं । तर, अर्थका कर्मचारीले विवरण दिन नमिल्ने भनेर यो आर्थिक वर्षको बजेट भाषणको विवरण दिन नमिल्ने भनेर फर्काए ।’अर्थमन्त्रीलाई महतलाई दोष दिदै उनले थपे, ‘अचम्म छ, हामीले यो व्यवस्था कहाँ लान खोजेको? यो तपाईँहरुकै कारणले गर्दा यो संघीयता र प्रदेशमाथि प्रश्न चिह्न उठिरहेको छ ।’
उनले जोड दिएर स्थानीय तह र प्रदेशमा शसर्त अनुदान दिने कार्यक्रम कार्यान्वयन गराउ न अर्थमन्त्री महतको ध्यानाकर्षण समेत गराए ।
‘यो सशर्त योजनाको सम्बन्धमा अर्थमन्त्री तपाईंले यताउता नभनि स्पस्ट बोल्नुप¥यो।’ उनले भने ।सांसद देवकोटालेसंघीय सरकारले प्रदेशको कार्यक्षेत्र मिचेकोप्रदेशले स्थानीय तहको कार्यक्षेत्र मिचेको जस्ता अधिकार बाडफाँड र योजना तर्जुमा गर्नमा विविध समस्या आएको भन्दै सो बारे स्पस्ट पार्नुपर्ने र सशर्त अनुदान योजना कार्यान्वयन हुनुपर्ने माग गरे ।