अदालतले पेशी असार मसान्तमा तोकेपछि सन्दीप भोलि दक्षिण अफ्रिका जाने

काठमाडौँ । अन्ततः सन्दीप लामिछाने विश्वकप छनोटको अभ्यास खेल खेल्न भोलि सोमबार दक्षिण अफ्रिका जाने भएका छन् ।
जिल्ला अदालत काठमाडौँले आगामी पेशी असार २९ गतेलाई सारेपछि नेपाल क्रिकेट संघ ९क्यान० ले उनलाई दक्षिण अफ्रिका पठाउने भएको हो ।

यसअघि गत मङ्गलवार राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ । अदालतमा विचाराधीन मुद्दाका कारण सन्दीप टोलीसँगै जान पाएका थिएनन् ।

प्रत्येक पटक पेशी तोकिएको २१ दिनभित्र अनिवार्य अदालत उपस्थित हुनुपर्ने प्रावधानका कारण सन्दीप टोलीसँग जान नपाएर छुटेका हुन् ।

सन्दीपलाई राष्ट्रिय टोलीका लागि खेल्न सहज होस् भन्दै उनका कानुनी सहयोगीहरूले अदालतलाई अर्को पेशी डेढ महिना पछाडि सार्न निवेदन दिएका थिए । अदालतले सो

निवेदनलाई स्वीकृत गरेपछि सन्दीपको दक्षिण अफ्रिका यात्रा सम्भव भएको हो ।
दक्षिण अफ्रिकामा नेपालले चार वटा अभ्यास म्याच खेल्दै छ । त्यसपछि त्यतैबाट जिम्बाबेमा हुने विश्वकपको ग्लोबल क्वालिफायरमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नेछ ।

आइतबार, २१ जेठ, २०८०, दिउँसोको ०१:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर