विराटनगर । विराटनगरको कस्टम यार्डसम्म आज रेल आउँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणकै बेला विराटनगरसम्म कार्गो रेल आउन लागेको हो ।
कार्गो रेल पहिलो पटक आउने भएपछि विराटनगरको कस्टम यार्ड सिंगारिएको छ । रेल हेर्ने स्थानीयको भीड लागेको छ भने उद्योगी व्यवसायीले रेललाई स्वागत गर्दैछन् । फूल मालाले सिंगारिएर रेललाई पनि चिटिक्क पारिएको छ । उक्त रेल भारतको बथनाहाबाट विराटनगरतर्फ लागेको छ ।
बथनाहा रेल–वे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्मको सात किलोमिटर दुरीमा पहिलो पटक २०७६ कार्तिकमा रेल–वे लिक परीक्षण गरिएको थियो ।