रतुवामाईका ६० स्वास्थ्यकर्मीले चार महिनादेखि पाएनन् तलब, आन्दोलनको कार्यक्रम घोषणा

विराटनगर । मोरङको रतुवामाई नगरपालिका भित्र कार्यरत ६० जना स्वास्थ्यकर्मीहरुले चार महिनादेखि तलब नपाएपछि आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् ।

माघ देखि वैशाखसम्म चार महिनाको तलब संघीय सरकारले नपठाएपछि यहाँका स्वास्थ्यकर्मीहरुले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन् ।

उनीहरूले जेठ ७ गतेबाट आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । पहिलो दिन हातमा कालो पट्टी बाँधेर काम गर्ने, जेठ ८ देखि १० गतेसम्म १/१ घण्टा नगरपालिकाको कार्यालय सिजुवामा एक घण्टा धर्ना दिने कार्यक्रम रहेको छ । यस्तै जेठ ११ र १२ गते दुई दिन आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।

रतुवामाईमा स्थायी ३५ जना र करारका १५ जना स्वास्थ्यकर्मी रहेका छन् । ज्यालादारी ४१ जना कर्मचारी छन् । यहाँ सातौँ तहसम्मका स्वास्थ्यकर्मीहरू रहेका छन् ।

उनीहरूले आइतबार नगरपालिका प्रमुख प्रशासकीय अधिकृतलाई भेटेर ध्यानाकर्षण पत्र पनि बुझाएका छन् । उनीहरूले जेठको पहिलो हप्ता भित्रमा सेवा सुविधासहित तलब उपलब्ध नभएर आन्दोलनमा उत्रिने बाध्य हुने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।‘पटक–पटक हामीले आफ्नो व्यक्तिगत तवरले सम्पर्क र सोधपुछ गरिरहेको र उक्त कुरामाथि नगरपालिकाको कार्यालयबाट उपलब्धि मूलक

कुनै कार्य भएको नदेखिएको हुँदा हामी यस नगरपालिकाका सबै स्वास्थ्यकर्मीहरूले एकजुट भएर आफ्नो आफ्नो तलब भत्ताको लागि कार्यालय प्रमुखको सामु ज्ञापन पत्र पेस गरी ध्यानाकर्षण गरेका हो । हाम्रो यस कार्य प्रति छिटो भन्दा कि सेवा सुविधा उपलब्ध गराई दिनुहुन अनुरोध गर्दै हाम्रो सेवा सुविधा ज्येष्ठको पहिलो हप्ता भित्रमा उपलब्ध नभएमा हाम्रो आन्दोलनका उत्रिन बाध्य हुनेछौँ,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

आइतबार, ३१ बैशाख, २०८०, रातीको ०८:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर