एनएमएसआरए क्रिकेट कपको उपाधि आयोजकलाई

विराटनगर । एनएमएसआरए कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ विराटनगर (एनएमएसआरए) ले जितेको छ ।
विराटनगरको डिग्री क्याम्सको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङलाई ४ विकेटले हराउँदै आयोजकले उपाधि जितेको हो ।

एनसीडिएले दिएको १४४ रनको विजय लक्ष्य पछ्याएको एनएमएसआरएले १४. ५ बलमा ६ विकेट गुमाई  पुरो गर्यो । एनएमएसआरएका सरोज बस्नेतले ७२ रनको अर्धसतकीय इङनिङ खेले । प्रशान्त राईले ८ बलमा १६ रन पारी खेल्दा मिथलेस यादवले १३ बलमा १० रनको योगदान दिए । फाइलनको म्यान अफ द म्याच र उत्कृष्ट ब्याटमेन सर्वाधिक रन ल्याउने सरोज घोषित भए ।

बलिङमा एनसीडिएले रवि यादव र सुशिलले समान २–२ विकेट लिए । प्रशान्त साह र कमल राहुलले समान १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको एनसिडीएले निर्धारित १५ ओभरमा ७ विकेट गुमाई १४३ रनमा सिमित भयो । जसमा विशाल चौधरीले २० बलमा ३६ रनको पारी खेल्दा राहुल कमल देवले २५ बलमा ३२ रनको योगदान दिए । असुतोष सिंह र दिपक भगतले समान ११–११ रनको योगदान दिए । एनसिडीएका अरु ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

बलिङमा आयोजक एनएमएसआरएका विशाल चौधरीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । लोमस निरौलाले ३ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । अजय मण्डल र विवेक सिंहले समान १–१ विकेट लिए ।
उत्कृष्ट बलरमा आयोजकका बिशाल चौधरी, र म्यान श्रीरिच एनसिडिएबाट कमल देव घोषित भए ।

प्रतियोगिताको बिजेता आयोजकले नगद ४१ हजार रुपैयाँ र ट्रफि प्राप्त गरेको छ । उपबिजेता भएको एनसीडिएले नगद २५ हजार रुपैयाँमा चित्त बुझायो । प्रतियोगितामा ८ वटा टिमको सहभागिरहेका एनएमएसआरए विराटनगरको अध्यक्ष प्रमोद साहले बताए । बिजेता हुने टिमलाई नेपाल औषधी तथा विक्री प्रतिनिधी संघका केन्द्रीय कोषाध्यक्ष हरिण्य प्रसाद लुईटेल, विराटनगर अध्यक्ष प्रमोद कुमार साह, नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिना, उपाध्यक्ष देशबन्धु ढकालगायले पुरस्कार वितरण गरेका थिए ।

शनिबार, ३० बैशाख, २०८०, दिउँसोको ०२:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर