परीक्षण दायर बढाउँदै प्रदेश जनस्वास्थ्य प्रयोगशाला

विराटनगर । विराटनगर १४ मा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नयाँ सेवा विस्तार गरेको छ । प्रयोगशालाबाट सोमबार देखि विभिन्न पाच वटा परीक्षण सेवा आरम्भ गरेको हो ।

कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुले प्रयोगशालाबाट हुने नयाँ सेवाको औपचारिक आरम्भ गरेकी छन् । प्रयोगशालामा अब हेपटाइटिस बी, सी, पाठेघरको क्यान्सरको जाँच पनि अब प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट सुरू भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक प्रणवकुमार यादवलले बताए । पाठेघरको क्यान्सरको जाँच पिसिआर प्रविधिबाट गरिने उनले बताए ।

यस्तै एचएलएबी २७ पिसिआर टेष्ट र माइक्रोबायोलोजी कल्चर सेवाको पनि परीक्षण गर्न सुरु गरिएको उनले बताए । नयाँ सेवाहरुको परीक्षण प्रदेश जनस्वास्थ्य ल्याबको आधुनिक उपकरणहरूबाट हुने छ । ‘यसअघि यी सेवाहरु लिन बाहिर जानुपर्ने र चर्को शुल्क खर्चिनुपर्ने अवस्था थियो,’ उनले भने, ‘कोशी प्रदेशका बिरामीले अब स्थानीय स्तरमै गुणस्तरीय सेवा पाउनेछन् ।’

गत मंसिर २१ गते उद्घाटन गरिएको तीनतले सुविधा सम्पन्न प्रयोगशाला भवनबाट सेवा प्रवाह हुँदै आएको छ । यहाँ रक्तसमूहबाट गरिने हेमाटोलोजीको परीक्षण पनि हुने गरेको छ । यसबाट धेरै प्रकारको रोगको पहिचान गर्न सकिने बताइएको छ ।

प्रयोगशालामा तीन वटा शाखाहरु छन् । पहिलो तलामा युरिक एसिड, लिभर, मुटु, किड्नी, जन्डिस, मधुमेह आदि नसर्ने रोगको परीक्षण गर्ने गरिएको छ भने सरुवा रोगको परीक्षण तेश्रोतलामा हुने गरेको छ । जसमा एचआईभी, हेपाटाइटिस, डेंगो, कालाजार, मलेरिया आदि रोग पहिचान गर्न परीक्षण हुने गरेको छ । यसैमा कोभिड १९ को पीसिआर परीक्षण पनि हुने गर्दछ ।

प्रयोगशाशालामा आर्थिक बर्ष २०७९÷२०८० को चैत्र महिनासम्म ४ करोड रुपैयाँ बराबरको निःशुल्क परीक्षण गरेको जनाएको छ ।

मङ्गलबार, १२ बैशाख, २०८०, बिहानको ०८:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर