एनबीएससीसँग पुलिस स्तब्ध, उपाधिको लागि आर्मी र एनबीएससी भिड्दै

विराटनगर ।  प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा घरेलु टिम एनबीएससी फाइनलमा पुगेको छ । विभागीय टिम नेपाल पुलिसलाई ४ रनले स्तब्ध पार्दै एनबीएससी फाइनलमा पुगेको हो ।

एनबीएससीले लगातार तेस्रो जित निकाल्दै सुमह ‘ख’ मा ६ अंकसहित शीर्षस्थानमा रहेको छ । आइतबार हुने फाइनलमा उपाधिको लागि विभागीय टिम नेपाल आर्मीसँग भिड्नेछ । आर्मी समूह ‘क’ बाट तीन टिमलाई जित्दै फाइनलमा पुगेको हो ।

शनिबार अन्तिम लिग खेलमा घरेलु टिम एनबीएससी भाग्यमानी बन्यो । एनबीएससीले दिएको १९१ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ १८७ रनमा समेटियो । पुलिसका सुनिल धमलाले ३७ बलमा ३ छक्का, ३ चौका हिर्काउँदै ४५ रन बनाए । अमित श्रेष्ठले २० बलमा २ छक्का र ५ चौका प्रहार गर्दै ३३ रन पारी खेल्दा दिलिप नाथले २१ रन र शंकर रानाले २० रनको योगदान दिए । दिलिपले ९ बलमा ६ छक्का र २ चौका हिर्काए भने शंकरले १३ बलमा १ छक्का र २ चौका प्रहार गरे । प्रेम तामाङ्गले १५ बलमा २ छक्का र २ चौका हान्दै अविजित २७ रन पारी खेल्दा रोशनले १५ रनको योगदान दिए । पुलिसका अरु ब्याटरले दोहोरो अंक छुन नसक्दा लिगको अन्तिम खेलबाट बाहिरन बाध्य भयो ।

एनबीएससीका विधान गोस्वामीकोे घातक बलिङसामु पुलिसका खेलाडी क्रिजमा टिक्न सकेनन् । उनले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । एनबीएससीका अलराउन्डर खेलाडी रवि शर्माले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । राहुल चौधरी, अुभव श्रीवास्तव र एमडीले समान १–१ विकेट लिए ।

यसअघि एनबीएससीले निर्धिारित २० ओभरमा ९ विकेट गुमाई १९० रनको विशाल योगफल खडा गरेको थियो । एनबीएससीलाई फाइनलमा पु¥याउन अलराउन्डडर खेलाडी रवि शर्माले बिस्पोट ब्याटिङ र घातक बलिङ गरे । उनले ३६ बलमा ३ छक्का र ६ चौका हिर्काउँदै ५१ रनको अर्धशतकीय ईङनिङ खेले । इमरान मलिकले २५ बलमा ४२ रन पारी खेल्दा मुकुन्द यादवले १७ बलमा अविजित २५ रनयको योगदान दिए । इमरानले २ छक्का र ६ चौका प्रहार गरे । मुकुन्दले २ चौका हिर्काए । राहुल चौधरीले १० बलमा २२ रन, माइनकल कुमारले १२ बलमा अविजित २२ रनको योगदान दिए ।

बलिङमा पुलिसका मन्जित श्रेष्ठले ४ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । रसिद खान र ललित भण्डारीले समान २–२ विकेट लिए । रिसदले ४ ओभरमा ३३ रन खर्चे भने ललित भण्डारीले ४ ओभरमा ४० रन खर्चेका थिए ।

शनिबार, ०२ बैशाख, २०८०, साँझको ०६:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर