औषधी दुरुपयोग गर्ने फार्मेसी संचालक पक्राउ, ऐरीका मेडिकल हल सिलबन्दी

विराटनगर । औषधीको चरम दुरुपयोग गरी लागू औषध प्रयोगकर्तालाई बिक्री वितरण गरेको पाइएपछि मोरङको सुन्दरहरैचा नगरपालिकामा एक जना फार्मेसी संचालक पक्राउ परेका छन् ।

सुन्दरहैचा नगरपालिका – १२ विराटचोकमा रहेको ऐरीका मेडिकल हलका संचालक मनोज खत्री औषधी दुरुपयोग गरेको आरोपमा आइतबार पक्राउ गरेको हो ।

औषधी व्यवस्था विभाग विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीले गरेको अनुगमनको क्रममा खत्रीले बिरामीले सेवन गर्ने औषधी दुरुपयोग गरेको पाइएपछि मेडिकल हल सिलबन्दी गरी उनलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका खत्रीले एपनाडेल, ट्रामाडोलल, ओपिडोल नामक औषधी दुरुपयोग गरी लागू औषध प्रयोगकर्तालाई बिक्री वितरण गर्ने गरेको पाइएपछि मेडिकल हल सिलबन्दी गरी सञ्चालकलाई नियन्त्रणमा लिएको औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक तथा सूचना अधिकारी दीपेन्द्र खड्काले जानकारी दिए ।

प्रिगाभालिन, ट्रामाडोल नामको औषधी लागू औषध प्रयोगकर्तालाई विक्री–वितरण गर्ने गरेको फेला परेको विभागले जनाएको छ । यी औषधी मिलाएर लागू औषधको रूपमा सेवन गर्दछन् । क्यान्सरको समस्या भएकालाई दुखाई कम गर्न प्रयोग गरिने ट्रामाडोलले अरू औषधिसँग मिसाएर सेवन गर्दा लागु औषधको काम गर्ने फार्मेसी निरीक्षक खड्काले बताए । त्यही भएर अवैध रूपमा भित्रिने यसको कारोबार पछिल्लो समय फस्टाएर गइरहेको छ । प्रिगाभालिन नशा च्यापिएका बिरामीले प्रयोग गर्दछन् ।  यस्तै, ट्रामाडोल क्यान्सरका बिरामीले दुखाइ कम गर्न र ईसपासपेन औषधी दुखाइ कम गर्न बिरामीले सेवन गर्ने गरेको विभागले जनाएको छ ।

पक्राउ परेका खत्रीलाई औषधी ऐन२०३५ अनुसार कारबाही प्रक्रिया अगाडी बढाउने औषधी व्यवस्था विभागले तयारी गरेको छ । अहिले उनलाई नियन्त्रणमा लिएर वप्रका बेलबारीमा राखेको छ ।

आइतबार, २६ चैत, २०७९, रातीको ०८:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर