कोशी प्रदेशमा ४० प्रतिशत स्वास्थ्य बिमा,सबैभन्दा बढी झापामा, कम सोलुखुम्बुमा

विराटनगर । कोशी प्रदेशमा स्वास्थ्य बिमा गराएको आधा बिमित ले मात्र स्वास्थ्य सेवा लिएको पाइएको छ । ४९ लाख ६१ हजार ४ सय १२ जनसंख्या रहेको कोशी प्रदेशमा ४० दशवलप ५ प्रतिशत अर्थात् २० लाख ९ हजार ३ सय ३३ जनाले स्वास्थ्य बिमा गराएको मध्ये आधा भन्दा कम विमतिले मात्र स्वास्थ्य सेवा लिएको पाइएको हो ।

सेवा लिने ९ लाख ७० हजार ९३३ जना विमित रहेको स्वास्थ्य बिमा बोर्ड कोशी प्रदेशले जनाएको छ ।प्रदेशमा सबैभन्दा बढी स्वास्थ्य बिमा झापा भएको छ भने कम सोलुखुम्बुमा भएको स्वास्थ्य बिमा बोर्ड कोशी प्रदेशका संयोजक अर्जुन पण्डिते जानकारी दिए । झापामा बसैभन्दा बढी ६३।५ प्रतिशत अर्थात् ६ लाख ३३ हजार ६५८ जनाले स्वास्थ्य बिमा गराएका छन् । यस्तै भोजपुरमा २३।४ प्रतिशत अर्थात् ३६ हजार ८ सय ८७, धनकुटाले ३४ हजार २ सय,इलाममा १ लाख ३८ हजार ५ सय ६, खोटाङमा ५३ हजार ३८५, मोरङमा ४ लाख ५७ हजार ३ सय ९७ जनाले स्वास्थ्य बिमा गराएका छन् । यतै पाँचथरमा २५ हजार ७२५, संखुवासभामा ३५ हजार १६६, सुनसरीमा ४ लाख ६४ हजार ७४१, ताप्लजुेङ्गमा १३ हजार ७६०, तेह्रथुममा १४ हजार १सय २ र उदयपुरमा ४९ हजार ७७३ जनाले स्वास्थ्य बिमा गराएको स्वास्थ्य बिमा बोर्डको अभिलेखमा देखिन्छ । प्रदेशमा स्वास्थ्य बिमाको नवीकरण दर ७८ प्रतिशत रहेको छ । बिमा गरिएको मध्ये अति गरिब बीमितको संख्या २४ हजार २ सय ६०, ज्येष्ठ नागरिक बिमित संख्या १ लाख ९६ हजार ८३८, एचआइभी संक्रमित ३ हजार ४६१, अति अशक्ति अपाङ्गता भएका ४२ हजार ९१७, कुष्ठरोग संक्रमित १ हजार ४२ जना रहेको छन् । बिमा गराएका मध्ये सेवा लिने बिमित ४८ प्रतिशत अर्थात् ७ लाख ७० हजार ९३३ जना रहेका छन् ।
विमितबाट तीन वर्षमा २ अर्ब ३३ करोड ५२ लाख ३० हजार २६७ रुपैयाँ संकलन भएको छ ।प्रदेशमा ७८ वटा सरकारी अस्पताल, ४ वटा सामुदायिक र २३ निजी हस्पिटल गरी १०६ वटा स्वास्थ्य सेवाहरूबाट स्वास्थ्य बिमाबाट बिरामीले सेवा लिँदै आएका छन् । यी स्वास्थ्य संस्थाहरूबाट सेवा दिए बापत तीन वर्ष ९ महिनामा १० अर्ब ६५ करोड ६३ लाख ७३ हजार ४ सय ३५ रुपैयाँ भुक्तानी लिएको अभिलेखमा देखिन्छ ।
२०७२ चैत २५ गतेबाट कैलाली जिल्लाबाट औपचारिक रूपमा नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । त्यसयता देशभरिमा कुल बीमित परिवार संख्या १९ लाख ९४ हजार ३३८ रहेका छन् । कुल बीमित जनसंख्या ६४ लाख ५४ हजार ७७२ रहेको स्वास्थ्य बिमा बोर्डको अभिलेखमा देखिन्छ । कुल बिमितमध्ये सेवा लिनेको संख्या ४५ प्रतिशत अर्थात् २८ लाख ९३ हजार ५७२ जना रहेका छन् । नवीकरण गर्ने बीमित संख्या देशभरिमा ३८ लाख ७१ हजार ८५० रहेको छ ।

शनिबार, २५ चैत, २०७९, साँझको ०५:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर