काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९९ जना कोरोना संक्रमित भएका छन । १ हजार ६३५ जनामा गरिएको परीक्षणमा ९९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अुनसार पीसीआर परीक्षणबाट ४१ र एन्टीजेन परीक्षणबाट ५८ जनामा संक्रमण देखिएको हो।
यस अवधिमा २६ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा १७ हजार ६६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या ३७३ जना रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो एक साताको कोरोना संक्रमण दर हेर्ने हो भने तीव्र रूपमा संक्रमण फैलिएको देखिन्छ।