डा.बालकृष्ण साह
विराटनगर अब नयाँ रहेन । यसभेगको पुरानो सहर । केही वर्ष अगाडिसम्म यहाँको बजारमा रिक्सा, ठेला र साईकल मात्रै देखिन्थ्यो । मोटरसाइकल, स्कुटर बजार क्षेत्रमा कमै थियो । धरान–विराटनगर रोडमा चारपाङ्ग्रे गाडीहरु देखिए पनि मेनरोड तथा बजारमा विरलै देखिन्थ्यो । बजार बढ्दै गएपछि सानो बाटोमा रिक्सा र साइकलको चाप निकै हुन थाल्यो । रिक्साको चापले कतै–कतै त गाडी चलाउन मात्र होइन, पैदल यात्रुलाई पनि गाह्रो हुन्थ्यो । समयसँगै रिक्सा, साइकल विस्थापित हुँदै गयो । अनि वजारमा मोटरसाइकल, स्कुटर, ई–रिक्सा (सिटि सफारी), गाडीले बजार क्षेत्र ओगट्न थाल्यो । बिशेषत अत्याधिक दुईपाङ्ग्रे (मोटरसाइकल र स्कुटर) र ई–रिक्साको चाप र अव्यवस्थित पार्किङले विराटनगरको बजार क्षेत्र निकै नै प्रभावित भएको यथार्थ बिर्सेका छैनौं ।
तर, हिजोआज सहरकाभित्री बाटोमा जाम छैन । गाडी कुदाउन आनन्द छ । तर, रोकेर केही किनौन् भनेर गाडि साइड लगाउदा ‘नो पार्किङ’को बोर्ड देखिन्छ । हिजोसम्म जुन पसल अगाडि मोटरसाइक र सिटी रोकेर बाटो जाम गरेको थियो, आज त्यो पसलमा समान किन्न पनि गाडि रोक्न पाइदैन । पुरानो बजार, सानो बाटो । पार्किङ देउ सडक जाम, अनि पार्किङ हटाउ, किनमेल गर्न कसरी जानू ? यस अवस्थामा साना साना व्यपारी जसले जसले अण्डग्राउण्ड पार्किङ बनाउन सक्दैनन् र खुद्रा–खुद्री समान किन्ने उपभोक्ता चेपुवामा परेका छन् । यस्ता साना व्यपारीहरु अधिंकाश तेली तथा वैश्य समुदायका रहेका छन् ।
के मुख्य बजारमा पार्किङ निषेध गर्नु गलत हो ? भन्दा ठ्याक्कै गलत भन्न सकिने अवस्था भने चाहिँ होइन । सडक सानो छ, सडकको चौडाइ बढाउन सकिने अवस्था छैन । एक साइड मात्रै पार्किङ गर्दा पनि ‘जाम’ हुने अवस्था छ । अनि यो आर्थिक मन्दीको अवस्थामा पार्किङ निषेध गरेर बजार शून्य बनाउनु ठिक हो ? यो पनि पक्कै ठिक होइन होला । यो आर्थिक मन्दीमा पसलमा बिक्री शून्य गराएर बैंकहरुको ऋणको ब्याज र महानगरको कर कसरी तिर्नु ? समस्या गम्भीर छ ।
अब गर्न के सकिन्छ ? नेपालमा व्यवस्थित सहर र व्यवस्थित बजारीकरण छैन भन्दा फरक नपर्ला । विराटनगरमा यसरी बजार बढ्ला र सवारी चाप थपिएला भन्ने सायद कल्पना गरिएको थिएन । त्यसैले पसलहरु राखिएको घरमा पनि पार्किङको व्यवस्था छैन । अहिले तुरुन्तै विकसित मुलुकहरु जस्तो अण्डरग्राउण्ड पार्किङ, पार्किङ स्टेसन आदिको कल्पना गर्न सकिदैन । यस्तै काठमाडौंको असन, भोटाहिटि, महाबौध क्षेत्रमा साँघुरो सडक र गल्लीहरु छन् । त्यहा पार्किङ नहुँदा पनि व्यापार हुने तर यहाँ नहुने भन्ने पक्कै होइन । त्यहाँ पार्किङ स्थलहरु बनाएका छन् र पार्किङ गरेर पैदल किनमेल गर्ने बानी परेको छ । तर यहाँ हामी त्यसरी पैदल हिडेर किनमेल गर्न अभ्यस्त छैनौं ।
महानगरले पुरानो गुद्री, पञ्चमुखी हनुमान मन्दिरछेउ जस्तो खाली ठाउँमा पार्किङ क्षेत्र बनाएको छ । अझ सम्भावित ठाउँहरु खोजी गरिनु पर्छ । र पार्किङ गरेर पैदल किनमेल गर्ने बानी बसाल्नु पर्छ । थोरै हिडाइले स्वास्थ्यलाई पनि राम्रो हुने र किनमेलको रमाइलो पनि हुने हुन्छ । त्यस्तै सानो बाटो भएको ठाउँहरुमा ‘वान वे’ बनाउने, छोटो समय मात्रै पार्किङ दिने, सशुल्क निजी पार्किङ थप्ने जस्ता उपायहरु अपनाउन सकिन्छ । कार्यालय तथा स्कुलका समयमा (बिहान ९–११, बेलुका ३–५) जस्ता समयमा ‘नोपार्किङ’ र बिदाका दिन तथा ‘अफहावर’मा व्यापार प्रवद्र्धनका लागि ‘पार्किङ फ्रि’ बनाउने जस्ता झन्झटिलो तर प्रभावकारी उपाय पनि विराटनगरमा गर्न नसकिने पक्कै होइन ।
अहिलेको आर्थिक मन्दीको बेलामा ,सबै तिरबाट निरही बनमदै गएका साना व्यापारीहरूको व्यथा