त्रिदेशीय कपमा नेपाल च्याम्पियन, लाओसलाई १ का विरुद्ध २ गोलले पराजित

काठमाडौँ । नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको उपाधि जितेको छ। खेलको अन्तिम समयमा मनिष डाँगीले गरेको निर्णायक गोलको सहयोगमा नेपालले लाओसलाई हराउँदै विजय हासिल गरेको हो ।

शुक्रबार दशरथ रंगशालामा भएको फाइनल खेलमा ८७ औं मिनेटमा डाँगीले गोल गरेपछि नेपाल २–१ ले विजयी भएको हो ।

यसअघि १७ ‌औं मिनेटमा लाओसलाई अग्रता लिएपनि नेपालले २४ औं मिनेटमा बराबरी गरेको थियो । त्यसपछिको खेलमा नेपालले एक गोल थप्दा घरेलु टिम विजयी बन्यो ।

नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने उपविजेता लाओस्ल २ हजार ५०० अमेरिकी डलरमा चित्त बुझाएको छ ।

शुक्रबार, १७ चैत, २०७९, रातीको ०८:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर