विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टी– २० प्रतियोगितामा विराटनगरको होराइजन क्रिकेट क्लब क्वाटर फाइनलमा पुगेको छ ।
मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीको आयोजनामा विराटनगर जुट मिल्सको खेलमैदानमा बुधवार भएको उद्घाटन खेलमा भारत जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई ४४ रनले हराउँदै होराइजन क्वाटर फाइनलमा पुगेको हो ।
टस जितेर पहिलो ब्याटिङ रोजेको होराइजनले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १५५ रनको स्कोर बनाएका थिए । होराइजनका फिदोस अन्सारीले २९ बलमा ३० रन बनाउँदा नीरज मुखियाले २८ बलमा २२ रनको योगदान दिएका थिए । जोगिनीका समित, राजीव र जयन्तले समान २÷२ विकेट लिएका थिए ।
१ सय ५६ रनको विजय लक्ष्य पछ्याएको जोगवनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ १११ रनमा समिति भयो । होरिजनका दीपेश कँडेलले ३ विकेट लिए भने दीपक राज जोशी र सवर्ण किस्कुले समान २÷२ विकेट लिएका थिए ।
जोगिनीका सुमितले २२ बलमा १९ रन र राजाले ११ बलमा १६ रनको योगदान दिएका थिए । प्रतियोगिताको म्यान अफ द म्याच ३० रन र १ विकेट लिने हिरोइजनका फिदोस अन्सारी घोषित भए । उनले नगद १ हजार १ सय रुपैयाँको साथै आकर्षण गिफ्ट ह्याम्पर पाए ।
बिहीबार दुई वटा खेल हुनेछ । पहिलो खेल एनबीएससी विराटनगर बोस्टन झापा क्रिकेट क्लब बिच हुनेछ । सोही दिन हुने दोस्रो खेल भारतको कटियार र बैशाली पटना क्रिकेट क्लबबिच हुनेछ ।
प्रतियोगिताको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि सामाजिक विकास मन्त्री कोशी प्रदेशका बुद्धिकुमार राजभण्डारीले गरे । चैत १५ देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतको ७ र नेपालको ११ गरी १८ वटा टिमको सहभागी हुने मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीका उपाध्यक्ष राजन राज बानाले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार रुपैयाँ र शिल्ड प्राप्त गर्नेछन् । उपविजेताले ६१ हजार रुपैयाँ आउनेछन् । म्यान अफ द श्रीजिद हुने खेलाडीले नगद १५ हजार, वेस्ट ब्याट मेनले ११ हजार, वेस्ट बलरले ११ हजार, इमेजिङ्ग प्लेरले ५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न कबिर २६ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।