एक सय शय्याको विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ टङ्कीसिनवारीमा रहेको विराट मेडिकल कलेज शिक्षण अस्पतालले विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएको छ ।एक सय करोडको लगानीमा अस्पताल परिसरभित्रै क्यान्सर रोगको उपचारको लागि विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएको हो ।

विराट मेडिकल कलेज शिक्षण अस्पतालभित्रै क्यान्सरको सम्पूर्ण उपचार गर्ने उद्देश्यले एक सय शय्याको इन्स्टिच्युट सञ्चालनमा ल्याएको अस्पतालका अध्यक्ष डा। ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिए । रेवन्त रूपमयी फाउन्डेसनबाट सञ्चालित विराट क्यान्सर इन्स्टिच्युटमा क्यान्सरको सम्पूर्ण उपचार सस्तोमा भरपर्दो गुणस्तरीय उपचार सेवा दिने उनले बताए । ‘कम खर्चमा क्यान्सरको सम्पूर्ण उपचार यहाँ हुनेछ,’ उनले भने, ‘अहिले एक सय शय्याको रहेको छ । यसलाई आवश्यकता अनुसार थप विस्तार गर्दै अगाडी बढाउनेछौँ ।’ क्यान्सरको उपचार तथा शल्यक्रियामा सहयोग पुग्ने उद्देश्यका साथ आधुनिक प्रविधिको रेडिएसन पद्धतिद्वारा क्यान्सर रोगको उपचार विधि सुरु भएको हो ।

क्यान्सर इन्स्टिच्युट कोशी प्रदेशसहित अन्य प्रदेश र भारतको विहार, पश्चिम बङ्गालसम्मका बिरामीलाई लक्षित गरेर अस्पताल सञ्चालनमा ल्याइएको बताइएको छ । ‘क्यान्सरका बिरामी चितवन र विदेश जाने गरेका थिए । स्थानीय स्तरमै क्यान्सरका रोगका बिरामीको उपचार विराटमा हुनुभएपछि बाहिर जानुपर्ने समस्याको अन्त्य भएको छ,’ डा. कार्कीले भने ।

क्यान्सर इन्स्टिच्युटले दक्ष चिकित्सक साथमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि र विशेषज्ञको टिमसहित सबै किसिमका क्यान्सरको उपचार सेवा दिँदै आइरहेको छ । इन्स्टिच्युटले क्यान्सर रोग सम्बन्धीको उपचार एउटै छानामनि दिँदै आइरहेको छ । जसमा रेडिएसन थेरापी ,मेडिकल अन्कोलोजी, किमो थेरापी टार्गेट थेरापी, इम्युनो थेरापी, हर्मोनल थेरापी , सर्किजल अन्कोलोजी ९महिला, पुरुष तथा बालबालिका० रेडियो–डाईग्नोसिस र इन्टरभेन्सनल रेडियोलोजी , स्टेरियोट्याक्टीक म्यामोग्राफी , प्रिभेन्टीम अन्कोलोजी , प्यालिएटीभ केयर , प्याथोलोजी विभाग, आहार तथा पोषणविद्द्वारा परामर्श , मनोविद्द्वारा परामर्श लगायतका सेवा दिँदै आइरहेको अस्पतालले जनाएको छ । क्यान्सर उपचारका लागि नेपाल सरकारद्वारा उपचार सुविधाको पनि व्यवस्था रहेको छ । अस्पतालले क्यान्सरको उपचारको लागि ३० करोड रुपैयाँमा लेटेस उपकरण मात्रै ल्याएको छ ।

अस्पतालमा स्त्री क्यान्सर रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान सिंह कार्की, डा. मोना प्रियादर्शीनी, क्यान्सर शल्य चिकित्सक (अन्को सकर्जन) द्धया डा. शिवराम शर्मा, डा. धुव्र नारायण साह, पिडीयाट्रिक अन्कोलोजिष्ट डा.सुवास मेहता, पिडीयाट्रिक अन्को सर्जन डा.हीरामणि पाठक, क्लिनिकल अन्कोलोजिष्ट द्वय डा. अस्मिता रायमाझी, डा. विवेक घोष, मेडिकल अन्कोलोजीष्ट डा. सुलभ सापकोटा, अन्को रेडियो लोजिष्ट डा. नेत्र विक्रम शाह, डा. भानु प्रताप शाह लगायतका चिकित्सकका टिमले सेवा प्रदान गर्दे आइरहेका छन् ।

क्यान्सर विभागमा एक दर्जन दक्ष चिकित्सक रहेका छन् । डिएम गरेको क्यान्सरका विशेषज्ञ चिकित्सकहरू यो अस्पतालमा रहेको छ । क्यान्सरको उपचार चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी मात्र एक सय जना कार्यरत रहने अस्पतालले जनाएको छ । विराट मेडिकल कलेज शिक्षण अस्पताल एक हजार शय्याको अस्पताल हो ।

बुधबार, १५ चैत, २०७९, साँझको ०५:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर