विराट गोल्डकपको दोस्रो सेमिफाइनल : पहिलो हाफमा भारत र एपीएफ बराबरी

विराटनगर । सातौं संस्करणको विराट गोल्डकपको दोस्रो सेमिफाइनल खेल जारी छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार राती ६ः४५ मा दोस्रो पाहुना टोली भारत केरलाको लुका सकर क्लब र साविक विजेता विभागीय टिम एपीएफबीच खेल सुरू भएको हो ।

पहिलो हाफसम्म गोलरहित खेल बराबरी भएको छ । दुवै टिमले पाएको गोल गर्ने अवसर खेर फाल्दा पहिलो हाफसम्म खेल गोलरहित बराबरी भएको छ ।

१४ औं मिनेटमा एपीएफका बुद्धीमान राईलेको प्रहार भारतका गोलकिपर सनफिरले उत्कृष्ट बचाउ गरे । १९ औं मिनेटमा युवराज खड्काको फ्रिकिक गोल गर्नबाट चुके । उनले गरेको प्रहार बाहिरिएको थियो । ४० औं मिनेटमा भारतका एकमल सेनको प्रहार गोल हुनबाट चुक्यो ।

यो जित्ने टिम फाइनलमा पुग्नेछ । बिहीबार हुने फाइनलमा आज जित्ने टिम घरेलु टिम विराटनगर सिटी क्लबसँग उपाधिको लागि भिड्नेछ । प्रतियोगितको बिजेताले नगद २० लाख १५ हजार र उपबिजेताले १० लाख १५ हजार पाउनेछन् ।

मङ्गलबार, १४ चैत, २०७९, साँझको ०७:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर