सुनवर्षी -७ मा निशुल्क पशु स्वास्थ शिविर २८२ परिवारले लिए लाभ

सुनवर्षी । मोरङको सुनवर्षी नगरपालिका वडा न. ७ मा पशुपन्छी तथा मत्सय विकास शाखाद्धारा नि :शुल्क पशु स्वास्थ शिविर कार्यक्रम आयोजना गरिएको छ । शिविरमा सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजवंशी र ७ नम्वर  वडाका अध्यक्ष संजय कुमार सिह गान्धी लगायतको उपस्थिति रहेको थियो।

बिहान ८ बजे देखि आयोजना गरिएको सो कार्यक्रममा २८२ घर परिवारले सुबिधा पाएको आयोजकले जनाएको छ ।   शिविरमा बिशेषज्ञहरु बाट निशुल्क पशु स्वास्थ्य परिक्षण तथा उपचार ,औषधि बितरण ,पशु बन्ध्याकरण सेवा , गोवर परिक्षण, कृतिम गर्भाधान,गर्भ परिक्षण,  खोप सेवा लगायतको सेवा दिएको  पशुपन्छी तथा मत्स्य विकासका साखाका  प्रमुख रंजित कुमार झाले  मिडियालाई बताएका छन् । एक व्यक्ति बापत ८ देखि १० वटा सम्म पनि गाई वस्तु जाचँ उपचार गराएर औषधी लिएर गएको उनले जानकारी दिए।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. अजय शाहकाे उपस्थितिमा  शिविरमा आएका स्थानियहरुले सेवा लिएका हुन् । केही सिकिस्त अवस्थामा रहेका बिमारी बस्तुहरुको पनि उपचार गरेको उनले बताए।

सुनवर्षी नगरपालिकाको हरेक वडामा निरन्तर  नि :शुल्क पशु स्वास्थ शिविरको आयोजना गर्ने  सुनवर्षी नगरपालिकाका प्रमुख श्याम प्रसाद राजबंशीले बताए।  नगरभित्रका हरेक कृषकले आफ्नो  टोलमा नै यसरि आफ्नो पशुहरुको निशुल्क स्वास्थ्य परिक्षण गराउन सहज होस भनेर यस प्रकारको योजनालाई प्राथमिकता दिएको  बताए।

यस अघि पनि पशुपन्छी तथा मत्सय विकास शाखाद्धारा नि :शुल्क पशु स्वास्थ शिविर सुनवर्षी नगरपालिका वडा न -५ टकुवामा सम्पन्न भईसकेको छ।

आइतबार, १२ चैत, २०७९, साँझको ०६:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर