विराटनगर गोल्डकपको अन्तिम क्वाटरफाइनमा संकटा र भारतको लुकासकर भिड्दै

विराटनगर । सातौँ संस्करणको विराट गोल्ड कपको अन्तिम क्वाटरफाइन खेल सुरु भएको छ । विराटनगरस्थित सहिद मैदानमा आज ६ः४७ बजेबाट ‘ए’ डिभिजन क्लब संकटा र भारतको लुका सकरबिच खेल सुरु भएको हो ।

आजको अन्तिम क्वाटरफाइनल खेल सकिएपछि विराट गोल्ड कपको सेमिफाइनलको समीकरण पूरा हुनेछ । आज जित्ने टिम फाइनल प्रवेशका लागि चैत १४ गते साबिक विजेता एपीएफसँग सेमिफाइनल खेल्नेछ भने घरेलु टिम विराटनगर सिटीले सोमबार जावलाखेल यूथ क्लबको सामना गर्नेछ ।

चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता हुने टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

आइतबार, १२ चैत, २०७९, साँझको ०६:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर