विराट गोल्डकपको तेस्रो क्वाटरफाइनल खेल सुरु : साविक विजेता एपीएफको अग्रता

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शनिबार साविक विजेता सशस्त्र प्रहरी बल र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबबीच खेल सुरु भएको छ ।

विराटनगरको सहिद मैदानमा रात्रीकालिन गोल्डकपमा आज राती ७ बजे खेल सुरु भएको हो।

विराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा सञ्चालित प्रतियोगिताको सातौं संस्करणको तेस्रो क्वाटरफाइनल खेल एपीएफ र पहिलो पटक प्रतियोगितामा भाग लिएको भुटानबीचको खेल अहिले भइरहेको छ । एपीएफले अहिले सुरुवाती अग्रता लिएको छ । खेल सुरु भएको तेस्रो मिनेटमा एपीएफका सविन थापाले ३० यार्डदेखि निकालिदिएको पास युवराज खड्काले हेडमार्फत गोल गरी अग्रता दिएका छन् । ७ औ मिनेटमा युवराजको कडा प्रहार पोसमा लागेर फर्कियो । त्यसलगैत बुद्धीमान राईको प्रहार पोसमाथिबाट बाहिरदा थप गोल गर्ने अवसर खेर गयो । १० औं मिनेटमा एपीएफका अरमान बेदमले पेनाल्टी एरियाबाट गरेको हेड बाहिरयो ।

छैठौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि एपीएफले जितेको थियो । भारतको पन्जाब पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको थियो ।

शुक्रबार डनडेथमा जित निकाल्दै जवलाखेल युथ क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वाटरफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मीलाई सडनडेथमा ६–५ गोलले पन्छाउँदै जावलाखेल अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

बिहिबार भएको उद्घाटन खेलमा नेपाल प्रहरीलाई १– ० गोलले हराउँदै घरेलु टिम विराटनगर सिटी क्लब अन्तिम चारमा पुगेको छ ।

चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता हुने टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

शनिबार, ११ चैत, २०७९, साँझको ०७:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर