विराट गोल्डकप र अक्षुण्ण इतिहास

  पुण्य पी अधिकारी

०७९ पुस ३ गते कतारमा सम्पन्न २२ औँ संस्करणको विश्वकप फुटवल प्रतियोगिताको महत्व आयोजक राष्ट्र कतारलाई जुन थियो, विराटनगरका लागि त्यस्तै महत्वको घरेलु फुटवल प्रतियोगितामा ‘विराट गोल्डकप’ आजबाट सुरूआत हुँदैछ ।

वि.स.२०१८ सालमा महेन्द्र गोल्डकपको नामबाट सुरू भएको प्रतियोगिताले समयान्तरसँग आफूलाई परिमार्जित गर्दै लगेको छ । यही सफलता नै विराट गोल्डकपको इतिहास हो । वि.स.२०५७ मा विराट गोल्ड कप नामकरण भएर अघि बढेको प्रतियोगिताले काठमाडौँ बाहिर सर्वाधिक पुरस्कार राशीको पहिचानलाई स्थापित गरेको छ । अघिल्लो प्रतियोगितामा विजेता समूहलाई १५ लाख १५ हजार रुपैयाँ पुरस्कार राशी प्रदान गरेको विराट गोल्डकप ट्रष्ट्रले यसपटक विजेता समूहलाई २० लाख १५ हजार रुपैयाँ पुरस्कार राशी प्रदान गर्नेछ ।

प्रतियोगिता आगामी चैत १७ गते समापन हुनेछ । अखिल नेपाल फुटवल सङ्घ एन्फाले आफ्नो क्यालेण्डरमा समावेश गरेको मोसफलकै सर्वाधिक पुरस्कार राशीको विराट गोल्डकपले कोशी प्रदेशवासी र कोशी प्रदेश राजधानीवासीको मनमनलाई जोड्ने अपेक्षा आयोजकको छ ।
हुन त विराटनगर औद्योगिक सहर भएकाले विराट गोल्डकप प्रतियोगिताका लागि यहाँका उद्योगी व्यवसायी र व्यापारीको सहयोग उच्च छ । प्रदेश सरकार र स्थानीय सरकारसमेतले विविध आयामबाट विराट गोल्डकपलाई सहयोग गरेका कारण विराट गोल्डकपको ओज निकै छ ।
यस प्रतियोगितामा २ करोड बढी रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ ।

अघिल्लो संस्करणदेखि फ्ल्ड लाइटको सहयोगमा सञ्चालन हुँदै आएको प्रतियोगिताले महेन्द्र गोल्डकपको इतिहासलाई एउटा नयाँ उचाईमा पु¥याएको महसुस जनजनले गरेको अवस्था छ ।प्रतियोगितालको कुल खर्चमध्ये ३० प्रतिशत आम्दानी आयोजकले टिकटलाई आधार मानेको छ । समय र प्रविधिको बढ्दो प्रयोगसँगै घर बसीबसी मोवाइल र ल्याटपका भरमा खल्तीएपमार्फत प्रतियोगिताको टिकट किन्न मिलाएको व्यवस्थाले यसपटकको गोल्डकपलाई हाइटेकसमेत बनाएको छ ।

खेलप्रेमी र दर्शकले गोल्डकपको टिकट अनलाइनमार्फत खरिद गरी प्रतियोगितालाई सभ्य एवम् भव्य रूपमा सफल पार्ने जोडवल विगतमा आयोजना गरिएका प्रतियोगिताबाट जगजाहेर नै छ ।

विराट गोल्डकपको इज्जत केवल विराट गोल्डकप ट्रष्ट्रको मात्र नभएर हाम्रो इज्जतसँग कुनै न कुनै रुपमा रूपमा जोडिएकै छ । यसर्थ विराट गोल्डकप इतिहासलाई अक्षुण्ण राख्न हामी सबैको साथ, सहयोग र हौसला अनिवार्य छ ।

बिहिबार, ०९ चैत, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर