बेलबारीमा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या

बेलबारी । मोरङको बेलबारीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।  बेलबारी १ नक्सालवारिका ५७ को हेम कर्ण महतले  श्रीमती देवी महतलाई धारिलो हतियारले काटेर मारेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख उदय  राणाले बताए ।

बिहीबार दिउसो  १२  बजे तिर हत्या भएको प्रहरीले जनाएको छ ।  धारिलो हतियार प्रहार गर्दा टाउको तथा हातमा चोट देखिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।  हेम कर्णका दुई श्रीमती थिए । देवी भने जेठी हुन । कान्छी श्रीमती भने छुटै विराटचोकमा बस्ने गरेकी थिइन ।

हेम कर्ण र देवीको बेलबारीमै मासु पसल समेत रहेको छ । मासु काट्ने दाउले काटेको हुन सक्ने प्रहरीको हनुमान रहको छ । श्रीमान् भने फरार रहेको  र खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।

बिहिबार, २५ फागुन, २०७९, दिउँसोको ०२:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर