एकिकृत स्वास्थ्य शिविरमा २ सय जनाको उपचार

विराटनगर । विराटनगर ८ मा आज आयोजना गरिएको एकिकृत स्वास्थ्य शिविरबाट २ सय जनाले सेवा लिएका छन् । स्थानीय गीता मन्दिर हाटखोलामा आयोजना गरिएको कार्यक्रममा सो संख्यामा सेवाग्राहीले सेवा लिएका हुन ।

विराटनगर महानगरपालिका वडा नं. ८ को व्यवस्थापनमा भएको स्वास्थ्य शिविरमा छाला रोग विशेषज्ञ डा. ज्योति कार्की, बाल रोग विशेषज्ञ डा.शिशिर झा, फिजिसियन डा. रवि रौनियार र सुलोचना न्यौपाने, हड्डी रोग विशेषज्ञ डा. गौरव नेपाल, रेडियोलोजिष्ट डा .मधुर भगत, गाइनो डा. रमेशकुमार यादव लगायतले स्वास्थ्य परिक्षण गरेका थिए ।

कोशी अस्पताल, नोवेल मेडिकल कलेज, विराट मेडिकल कलेजबाट विशेषज्ञको टोलीले एकिकृत स्वास्थ्य शिविरमा सेवा दिएको वडाध्यक्ष राम पोखरेलले बताए ।

वडाध्यक्ष पोखरेलका अनुसार वडा कार्यालयले जेष्ठ नागरिकको मधुमेह र रक्तचापको मासिक रुपमा स्वास्थ्य परिक्षण गर्दै आएको छ । घर–घरमा पुगेर मधुमेह र रक्तचापको परिक्षण पनि शुरु गरिएको उनले बताए । वडा कार्यालयले नियमित रुपमा शुरु गरेको स्वास्थ्य परिक्षण प्रभावकारी हुँदै गएको पनि उनले बताए ।

सोमबार, १५ फागुन, २०७९, साँझको ०७:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर