प्रहरीसँगको विवादमा बेहोस भएकी महिलाको मृत्यु

सप्तरी । लकडाउन उल्लंघन गरेको विषयमा प्रहरीसँग भएको विवावदको क्रममा बेहोस भएकी सप्तरीकी एक महिलाको सोमबार मृत्यु भएको छ ।

सप्तरीको खड्ग नगरपालिका ६ बीरपुरमा लकडाउन उल्घंघन नगर्न प्रहरीले आग्रह गर्दा विवाद भएको थियो ।

काम नगरी घरभित्रै बस्नुपर्ने भए सरकारले सरकारले खाने व्यवस्था गर्नुपर्ने माग गर्दै स्थानीय बाहिर निस्किएपछि प्रहरी त्यहाँ पुगेको थियो । उनीहरुलाई लकडाउन उल्लंघन नगर्न सम्झाउने क्रममा विवाद भएको र ६५ वर्षीया जयनव खातुन बेहोस भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी तिलक भारतीले बताउनुभयो ।

बेहोस भएकी उनलाई स्थानीय अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा लगिएकोमा मृत्यु भएको हो । प्रहरीका अनुसार उनी मुटुका रोगी थिइन् ।

प्रहरीले आफैं बेहोस भएको बताएपनि स्थानीयले भने लकडाउन उल्लंघनको आरोपमा प्रहरीले कुटपिट गरेको दावी गरेका छन् । मृतकका श्रीमान हाजी कमरुद्धिनले ट्याक्टरमा सामान लोड गरिरहँदा प्रहरीले दुबै जनालाई कुटेको स्थानीयको भनाइ छ ।

सगरमाथा अस्पताले मृतक दम र मुटुको रोगी भउको र हृदयघातको कारण उनको मृत्यु भएको बताएको छ ।

सोमबार, ०१ बैशाख, २०७७, साँझको ०५:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर