मृत्युको कारक बन्दै सामाजिक सञ्जाल

 पुण्य पी अधिकारी

घटना १.
झापा, गौरीगञ्ज गाउँपालिका–३ कृपाल टोलकी १७ वर्षीया सोनीकुमारी राजवंशीलाई ०७९ माघ २३ गते आत्महत्या दुरूत्साहन दिएको आरोपमा बालिका अध्ययनरत गौरीञ्ज माध्यमिक विद्यालयका एक जना ५५ वर्षीय शिक्षकलाई प्रहरीले माघ २४ गते गिरफ्तार ग¥यो । घटना अनुसन्धानको क्रममा छ ।
घटना २
खोटाङ, हलेसीतुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीया बालिका ०७९ माघ २ गते घर नजिकै झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परिन् । प्रहरीले माघ ६ गते शङ्कास्पद एक जनालाई गिरफ्तार गरी अनुसन्धान गरीरहेको छ ।

घटना ३

इलाम, माई नगरपालिका–५ की १६ वर्षीया बालिका ०७९ वैशाख २२ गते झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परिन् । प्रहरीले बालिकालाई आत्महत्या दुरूत्साहन दिएको आरोपमा १७ वर्षीय बालकलाई वैशाख २३ गते गिरफ्तार ग¥यो । आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा जेठ १७ गते आत्महत्या दुरूत्साहन शीर्षकमा मुद्दा दर्ता ग¥यो । जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको जेठ १८ गतेको आदेशमा आरोपित पूर्पक्षका लागि बाल सुधार हेटौडामा छन् ।

उल्लेखित घटनाहरु प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय यस किमिसका घटना उल्लेखनीय रूपमा बढेर गएका छन् । माथि लेखिएका घटनाको कारकमा टिन एजको प्रेम (काल्फलब) देखिन्छ । सिविन नेपाल मोरङका प्रमुख वासुदेव अधिकारीका अनुसार पछिल्लो समय बालबालिकामा इगोको समस्या सबै भन्दा बढी देखिन्छ । सामाजिक सञ्जालमा देखाइने दृश्यहरू दुरूस्त उतारेका कारण बालबालिकामा सबै भन्दा मनोरोगले ग्रसित भएका छन् ।

आजभोलि अधिकांश मानिसहरू टिकटकमा घोत्लिने र त्यसको उतारमा व्यस्त छन् । गायिका एलिना चौहानले गाएको धोकेबाज हौ तिमी बोलको गीतमा एक जना भाइरल भएपछि यतिवेला सबैलाई भाइरल हुने रहर तीब्र रूपमा रहेको देखिन्छ । एक जना एउटा गीतमा भाइरल हुुँदा त्यसको सिको गर्दै त्यही गीतमा सयौँ टिकटकहरू बनेका छन् । रमाइलोका लागि टिकटक बनाएको भन्नेहरू नै नजानिदो पाराले मनोरोगी हुन पुगेका छन् ।

माथि प्रस्तुत गरिएका घटनाहरूमा आत्महत्याको बाटो रोज्ने र शैली अपनाउने तरिका टिकटक, फेसबुक, इन्टरनेट वा यस्तै सामाजिक सञ्जालबाट सिको गरिएको भन्दा फरक नपर्ला ।

भ्यालेनटाइन डे को सप्ताह अन्तरगत माघ २३ गतेकोे रोज डे का दिन १५ वर्षीय बालकले १७ वर्षीया बालिकालाई रोज दिन खोजेको घटनामा शिक्षक संयमित भएको भए सायद बालिकाले आत्महत्या गर्ने थिइनन् होला । अथवा बालबालिकालाई विद्यालयमा अनुशासनको पाठ सिकाउनु शिक्षकको गल्ती होइन होला । समस्या जटिल रूपमा देखिन्छ । जसको एउटै कारण सामाजिक सञ्जाल मार्फत् बालबालिका वा अन्य वयस्क मनोगत हिसाबले रोगी भइसकेका छन् । मनोगत रोगका कारण कतिपयले अकाललाई अँगालेका छन् । यसर्थ सामाजिक सञ्लाललाई मृत्युको कारक नै मान्नु पर्ने अवस्था आएको छ । यो रोगको समय मै निराकरण अत्यन्त आवश्यक छ ।

बिहिबार, ०४ फागुन, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर