ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका कांग्रेस नेता भण्डारी र आमाको आईसीयूमा उपचार हुँदै

काठमाडौं । ग्यास लिसिण्डर पडकेर घाइते भएका नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र १ का सांसद डा .चन्द्र भण्डारी र उनको ८६ वर्षीया आमा हरिकला भण्डारी दुवैको अवस्था गम्भीर रहेको कीर्तिपुर बर्न अस्पतालले जनाएको छ । बुधबार राति ग्यास सिलिन्डर पडकिदा आमा छोरा घाइते भएका थिए । दुवैको सघन कक्षमा रातिदेखि उपचार भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालका चिकित्सक डा. किरण नकर्मीका अनुसार आमाको शरीरको करिब ७० प्रतिशत भाग जलेको छ । उनको अवस्था झन गम्भीर छ । त्यस्तै, नेता भण्डारीको शरीरको करिब ३० प्रतिशत भाग जलेको छ । प्रदूषित धुँवा दुवैको फोक्सोसम्म पुगेकाले फोक्सोमा समेत असर गरेको उनले बताए ।

नेता भण्डारीको घरमा गए राति करिब १० बजेतिर खाना पकाउने सिलिण्डर ग्यास विस्फोट भएको थियो । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार राति ग्यास सिलिण्डर विस्फोट भएपछि दुवै जनाको शरीर जलेर घाइते भएका हुन् । राति नै अस्पताल लगेर उपचार शुरु गरिएको छ ।

बिहिबार, ०४ फागुन, २०७९, बिहानको ०८:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर