अस्पताल सेवामुखी हुनुपर्छ : प्रदेश प्रमुख खापुङ

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले अस्पताल नाफामुखी होइन, सेवामुखी हुनेभएकोले प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।

मोरङको उर्लाबारीस्थति अरनिको अस्पतालको नवौं साधारण सभाको उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले यस्तो बताएका हुन् । उनले हरेक सभासमारोहमा शिक्षा र स्वास्थ्यको सन्दर्भमा आफूले शिक्षा र स्वास्थ्यमा अगाडि बढ्न नसके मुलुक अगाडि बढ्न नसक्ने बताउँदै आएको दाबी गरे ।

साधारणसभाको अवसर पारेर अस्पतालले राधिका माविमा १२ कक्षामा अध्ययनरत सुनिता चेपाङ, ११ मा अध्ययनरत सुमित्रा किस्कु, जालमा मावि पथरीमा कक्षा १० मा अध्ययनरत अर्जुन मगरलाई जनही १० हजारको दरले छात्रवृति प्रदान गरेको छ । त्यसैगरी कवि मञ्जुल मितेरी, नमूना बालगृहकी सञ्चालिका मिना बराल, पत्रकार सरोज बस्नेत, जगन्नाथ भट्टराई, राजघाट स्वास्थ्यचौकी इन्चार्ज सन्दिप नेयोङ, पूर्व मेयर खड्ग फागोलाई समेत प्रदेश प्रमुखले सम्मान गरेका थिए ।

अस्पतालका सञ्चालक आइन्बा पोमुले ७८ जनाको सक्रियतामा शुरु गरिएको अस्पतालमा देशविदेशमा रहेका युवाहरुको लगानी रहेको जानकारी दिए । कार्यक्रममा नेताहरू निरुपा निरौला, पूर्व मेयर खड्ग फागो, मेयर गंगा खरेल, प्रदेशसभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले पनि मन्तव्य राखेका थिए ।

शनिबार, ०७ माघ, २०७९, रातीको ०८:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर