बेलबारी । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लालपुर शाखाले महिलाहरूलाई ३ दिने गुडिया तथा कुसन बनाउने तालिम सम्पन्न गरेको छ ।
सुनसरीको रामधुनि ४ लालपुर स्थित आइतबारदेखि सुरु भएको उक्त तालिम मंगलबार सम्म संचालन भएको थियो । तालिममा २६ महिला सहभागिता रहेको लालपुर शाखा कि प्रमुख निर्मला दाहालले जानकारी दिइन् ।
संस्थाको रंगेली स्टेसन अन्तर्गतका अनुगमन अधिकृत सुदिप ढकालको उपस्थितिमा तालिम सम्पन्न भएको थियो । उक्त शाखाले ६ सय ६४ सदस्यलाई सेवा दिइरहेको उक्त शाखाले जनाएको छ