विश्वकपको क्वार्टरफाइनल प्रवेशका लागि आइतबार दुई खेल हुँदै

विराटनगर । विश्वकपको क्वार्टरफाइनल प्रवेशका लागि आइतबार दुई खेल हुँदैछन् । अन्तिम १६ को खेल तालिकाअनुसार फ्रान्स र पोल्यान्ड तथा इंग्ल्यान्ड र सेनेगल भिड्दै छन् ।

फ्रान्स र पोल्याण्डबीचको खेल नेपाली समय अनुसार राति पौने ९ बजे अल थुमामा मैदानमा हुनेछ ।

फ्रान्स र पोल्यान्डबीच विश्वकपमा दोस्रो भेट हुन लागेको हो । सन् १९८२ मा भएको तेस्रो स्थानको भेटमा पोल्यान्डले ३–२ ले जितेको थियो ।

यस्तै राति पौने एक बजे हुने खेलमा इंग्ल्यान्ड र सेनेगल आमने सामने हुनेछन् । इंग्ल्यान्ड समुह बी को विजेता बनेको थियो । यस्तै सेनेगल भने समूह ए को उपविजेता रुपमा नक आउट चरणमा पुगेको थियो । यसअघि गएराति भएका खेलमा नेदरल्याण्ड र अर्जेन्टिना क्वार्टरफाइनलमा पुगिसकेका छन् ।

आइतबार, १८ मंसिर, २०७९, बिहानको ०९:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर