विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व मधुमेह दिवसको अवसर पारेर निःशुल्क मधुमेह सम्बन्धी जाँच र परामर्श गरेको छ ।
हस्पिटलका विशेषज्ञ चिकित्सकहरूबाट हस्पिटल परिसरमा सोमबार निःशुल्क मधुमेह जाँच र परामर्श दिएको हो ।
मधुमेह र परामर्श जाँचमा १ सय ७ जना बिरामीले स्वास्थ्य जाँच र परार्शमा लिएको अस्पतालले जनाएको छ । स्वास्थ्य जाँच गरिएको बिरामीहरूलाई आवश्यक पर्ने औषधिहरु पनि निःशुल्क वितरण गरिएको थियो ।
त्यसैगरि एक हप्तासम्म मधुमेह सम्बन्धी जाँच तथा परामर्शमा २५५छुट प्रदान गरिएको छ भने सोमबारबाट ‘मधुमेह केयर कार्ड’ को पनि सुरूवात गरिएको छ । मधुमेह केयर कार्ड मार्फत १ वर्षसम्म मधुमेहको उपचार सर्वसुलभ रुपमा स्वास्थ्य उपचार सेवा प्रदान गरिने अस्पतालल जनाएको छ ।
मधुमेह दिवसकै अवसरमा आयोजित सचेतना कार्यक्रममा अस्पतालका वरिष्ठ फिजिसियन डा. विवेक कट्टेलले मधुमेहको लक्ष्ण, मधुमेहका बिरामीले ध्यानदिनुपर्ने स्वास्थ्य सचेतना गराएका थिए । ‘बदलिँदो जीवनशैली र खानपानमा आएको अस्वस्थ परिवर्तनका कारण नेपालमा मधुमेहका बिरामी ह्वात्तै बढीरहेका छन् ।
सचेतना कार्यक्रममा अस्पतालका वरिष्ठ प्याथोलोजिष्ट डा. सागरराज पाण्डेले पनि सहजीकरण गरेका थिए । न्युरो अस्पतालमा विश्वस्तरीय ल्याबबाट सबै किसिमका जाँचहरु सर्वसुलभ रुपमा गर्दै आएको उनले बताए ।
अस्पतालले प्रत्येक शनिबार विभिन्न जाँचहरुमा ५० प्रतिशत छुट दिँदै आएको छ भने विभिन्न स्वास्थ्य दिवसको अवसर पारेर निःशुल्क स्वास्थ्य सेवा र सचेतना कार्यक्रमहरु गर्दै आएको छ ।