जयप्रकाश आनन्द
उपेन्द्र यादव मधेसका एक मुख्य नेता हुन् । आसन्न निर्वाचनमा उनले आफ्नो पार्टी जसपा तथा के.पी. ओलीको एमाले पार्टीका लागि भोट माग्दै छन् । यस अघिको संसदीय निर्वाचनमा विजयी भई उनि र उनका सदस्यहरू अधिकांश समय मनत्री पदमा रहे । यसरी नै उनको पार्टी जसपा अविच्छिन्न रूपमा मधेस प्रदेश सरकारमा रह्यो । यो प्रादेशिक सरकार कहिल्यै अस्थिर रहेन । बलियो रूपमा ठूलो बजेटका साथ सरकार चलायो । यो मधेस सरकारले ‘खेत खेतमा पानी र घर घरमा रोजगार’ भनेको थियो । अनेकन् नाराहरू दिएको थियो ।
आम चुनावले मतदातालाई राजनीतिक पार्टी र निर्वाचित प्रतिनिधीहरूको मूल्यांकनको अवसर पनि प्रदान गर्दछ । उपेन्द्र यादवको जसपा पार्टी जो मधेसमा पूरै अवधि राज गर्याेस यो पार्टीले मधेसको विकास गरी अन्ततः मुलुकको विकासका लागि कति योगदान पु¥यायो ? अहिले समृद्धि तथा विकासको नारा दिएको छ । हिजो कति गर्न सक्यो र आज कति विश्वास गर्ने ? यो प्रश्न खडा भएको छ ।
मैले मधेस प्रदेशको अवस्थालाई स्वयं सरकारले सार्वजनिक गरेका केही तथ्यांकहरूको आधारमा तपाईहरूका सामुन्ने राखेको छु । यस आधारमा उपेन्द्र यादव तथा मधेस सरकारमा रहेका अन्य पार्टीका नेताहरूलाई सोधौं–तपाईंहरूले के गर्नु भयो ? तपाईहरूको कसरी मूल्यांकन गर्ने ?
मधेस प्रदेशमा २७.७५ मानिस गरिबीको चपेटमा रहनु परेको छ । स्वतन्त्र विज्ञहरूले यो ३५ प्रतिशत भन्दापनि ठूलो रहेको भन्छन् । मधेस प्रदेश बहुआयामिक गरिबीको मापदण्डमा पूरै मुलुकमा उच्च रहेको तथ्यांक हालै सार्वजनिक भएको हो । नेपालका ७७ जिल्ला मध्ये मधेस प्रदेशका आठ जिल्लाका बहुआयामिक गरिबहरूको जनसंख्या ३५५ रहेको छ । यस प्रदेशमा स्कुल जाने उमेरका मध्ये ५०५ बालबच्चाहरू मात्र स्कुलमा भर्नासम्म हुने गरेका छन् । कुपोषणका शिकार जनसंख्याको सन्दर्भमा कर्णाली प्रदेश पछि प्रदेश–२ आउँछ । मधेस प्रदेशमा १५–४९ उमेर समूहका महिला मध्ये ५८५ एनिमीया रोगबाट ग्रस्त छन् भने ३६.८५ नवजात बच्चाहरू कम तौलका जन्मिने गर्छन् ।
मुलुकका कूल ३५,५२० वटा स्कुलहरू मध्ये प्रदेश–२ मा स्कुलको संख्या ४,१३७ रहेको छ । यस प्रदेशबाट २४.२०५ युवाहरू श्रम बेच्न विदेशिएका छन् । यसले मधेस प्रदेशभित्रका जिल्लाहरूमा बेरोजगारीको गम्भीर अवस्था देखाउँछ । मधेस प्रदेशको आर्थिक विकाश दर भने जम्मा २.३५ रहेको छ । यो प्रदेश युवा साक्षरता दरमा मुलुकमै सबभन्दा कम ६३५ रहेको छ, जबकि गण्डकी प्रदेशको सर्वाधिक ९५५ छ । मुलुकको कूल ४,०१,२३६ उद्योगको तुलनामा मधेस प्रदेशमा उद्योग संख्या ५४,९१० छ । यहाँको ५४,०४,१४५ जनसंख्यामा जम्मा १३ वटा ठूला सरकारी अस्पताल रहेका छन् । हालको महामारी कोविड–१९ लाई नियन्त्रणमा लिने सन्दर्भमा यो प्रदेश असफल जस्तै देखियो । स्वास्थ्य संरचना ध्वस्त छ । नेपालको सन्दर्भमा मधेस प्रदेशको स्थिति मात्र खराब छ भन्ने होइन । तर, मधेस प्रदेश तुलनात्मक रूपमा बढी खराब देखिन्छ । संघीयता लागू भएपछि के सुधार भयो त ? माथिका तथ्यांकमा पुरानो अवस्थाको कति योगदान छ र उपेन्द्र यादवहरूले कति सुधार गरे ? सुधारमा उनको योगदान कति छ ? किन न सोध्ने उपेन्द्रहरूसँग ? मधेसका जागरूक मतदाताहरूले सोध्नु पर्दछ । सप्तरी क्षेत्र नं २ का युवा मतदाताहरू सोध्नुस् !