शान्ति समाजद्वारा सीमा र मनु पुरस्कृत

विराटनगर । मानव अधिकार तथा शान्ति समाजले साहित्य क्षेत्रमा योगदान पुर्‍याएबापत दुईजना स्रष्टालाई पुरस्कृत गरेको छ ।

शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा समाजले साहित्यकार सीमा आभास र मनु विश्वकर्मालाई पुरस्कृत गरेको हो । समाजले विगत दुई दशकदेखि साहित्यमा सक्रिय सीमा आभासलाई २० हजार राशिको ‘राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान’ र २० हजार राशिकै ‘श्रीनारायण दाहाल स्रष्टा सौगात’ मनु विश्वकर्मालाई प्रदान गरेको छ ।

कार्यक्रममा दुवै स्रष्टालाई विराटननगर महानगर मेयर नागेश कोइरालाले दोसल्ला ओढाएर, सम्मानपत्र र नगद प्रदान गरेका थिए । समाजले काठमाडौंसहित विभिन्न स्थानमा कार्यक्रम गरेर १५ जना स्रष्टालाई पुरस्कृत गरेको छ । सोही अन्तर्गत समाजले सीमा र मनुलाई विराटनगरमा कार्यक्रम गरेर पुरस्कृत गरेको हो ।

कार्यक्रममा प्राज्ञ विवश पोखरेल, खेम नेपाली, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाल, आयोजक संस्थाका मोरङ अध्यक्ष भेषराज पोखरेल, सचिव अशोक लामालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

आइतबार, ०६ कार्तिक, २०७९, बिहानको ०८:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर