मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिता : भरौल भेट्रान्स क्लब सेमिफाइनलमा

विराटनगर । भरौल भेट्रान्स क्लब सुनसरी विराटनगरमा जारी १ नं। प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

विराटनगर जुट मिलको खेलमैदानमा बुधवार भएको खेलमा मिल्स भेट्रान्स क्लब ‘ख’ विराटनगरलाई ५–० गोलले हराउँदै भरौल भेट्रान्स क्लब सेमिफाइनलमा पुगेको हो ।

जितको लागि भरौलका डेनी राईले ह्याट्रिक गरे । उनले खेल अवधिभरिमा तीन गोल गरे भने भरौलका प्रेम सागरले एक गोल गरेका थिए । एक गोल आत्मघाती भयो । भरौललाई सेमिफाइनलमा पुर्‍याउन डेनीले खेल सुरु भएको पाँचौँ मिनेटमा गोल गरी सुरुवाती अग्रता दिलाए । पहिलो गोल गरेको तीन मिनेट पनि बित्न नपाउँदै डेनीले पुनः आठौँ मिनेटमा गोल गरी दोब्बर बनाए । खेलको २८ औँ मिनेटमा मिल्स भेट्रान्सका सुरज बस्नेतले आत्मघाती गोल गरिदिए । पुरा समय मिल्स भेट्रान माथि हाबी भएको भरौलले हाफपछि दुई गोल गर्‍यो।

६० औँ मिनेटमा प्रेम सागरले गोल गर्दै ४–० को अग्रता बनाए । ६७ औँ मिनेटमा डेनीले ह्याट्रिक पुरा गर्दै भरौललाई ५–० को जित दिलाउन सफल भए ।खेलको म्यान अफ द म्याच भरौलका लक्ष्मी चौधरी घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पाए ।

बिहीबारको खेल मर्निङ्ग भेट्रान्स क्लब र युनाईटेड भेट्रान्स क्लब विराटनगरबिच हुने मिल्स भेट्रान्स क्लबका संयोजक मनोज खड्काले जानकारी दिए ।

बुधबार, ०५ असोज, २०७९, साँझको ०६:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर