भोकालाई खाना खुवाउँदै विराटनगरका युवा

विराटनगर । लकडाउनको समय लम्बिएसँगै सडकमा भौतारिरहेका भोका मानिसलाई विराटनगरको एक युवाको समूहले निःशुल्क भोजन गराएको छ ।

कोरोनाविरुद्धको सरकारको लडाईमा साथ दिंदै विराटनगरका युवाहरुले विपन्न मजदुर र सडकका बेसहाराहरुलाई ७ दिनदेखि झण्डै डेढसय जनालाई खाना खानेको व्यवस्था मिलाएको छ । उनीहरुलाई विहान–बेलुकै निःशुल्क खानाको व्यवस्था मिलाइरहेको विराटनगरका सामाजिक अभियन्ता तथा युवा नेता वसिम आलमले जानकारी दिनुभयो ।

आलमकै अगुवाइमा विराटनगरका युवाहरु पेरिस सुवेदी, भूषण लिम्बू, दिपेन मरिक, पप्पु अन्सारीलगायतले निःशुल्क खाना खुवाउने अभियान थालेका हुन् ।

विभिन्न सहयोगी दाताहरु मार्फत चामल र दाल सहयोग आएको बताउँदै नेता आलमले पप्पु अन्सारीले सञ्चालन गर्दै आएको रोयल विर्यानी हाउसमा खाना पकाएर वितरण गरिंदै आएको जानकारी दिनुभयो । सडकमा बसिरहेकाहरूलाई उनीहरू रहेकै स्थानमा लगेर खाना दिने गरिएको उहाँको भनाइ छ ।

सोमबार, २४ चैत, २०७६, रातीको ०९:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर