डढेलोले जंगल नष्ट

उदयपुर । कोरोना भाईरस रोकथामको लागि सरकारले गरेको लकडाउनकैबीचमा उदयपुरको बनमा लागेको डढेलोले वन पैदावारमा व्यापक क्षति पुगेको छ ।

सदरमुकाम गाईघाट आसपास चुरेसँग जोडिएका जंगल, पूर्वी भेगका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका सयौं हैक्टर जंगल डढेलो लागेको स्थानीयले बताएका छन् ।

साता दिनयता जिल्लाका सबैतिर गरी ५ सय भन्दा बढी हेक्टर जमिनमा डढेलो लागेको स्थानीयको भनाई छ । त्रियुगा नगरपालिकाको १, २, ३, ५, ६, ७ नम्बर वडा, चौदण्डीगढी नगरपालिकाको ५, ९ र १० वेलका नगरपालिकाको २ नम्बर वडाका वनहरुमा डढेलो लागेको डिभिजन वन कार्यालय गाईघाटले जनाएको छ ।

लकडाउननको कारण वन समूहका पदाधिकारी पनि घरमै बस्नु परेको कारण डढेलो नियन्त्रण गर्न सकिएको छैन । सुर्याेदय, चुरिया, बुलबुले कंग, ईन्द्रावती लगाएतका वन समूहमा डढेलो लागि वन पैदावार तथा वन्य जन्तु नष्ट भएका छैन ।

जिल्लाका पूर्वीभेगका चौदण्डीगढी र बेलका नगरपालिकाभित्रका विभिन्न सामुदायिक र राष्ट्रिय वन क्षेत्रको जंगलमा पनि केहीदिनयता ठाउँठाउँमा डढेलो लागेर क्षति भइरहेको वन कार्यालयले जनाएको छ । जिल्लाभरी ३ सय ४५ वटा सामुदायिक वन उपभोक्ता समूह गठन गरेर हस्तान्तरण गरिसकेको जिल्ला वन कार्यालयले सकेसम्म डढेलो लाग्न नदिन विभिन्न उपाय अपनाउँदै आएको डिभिजन वनक कार्यालयका सूचना अधिकारी जागेश्वर साहले बताउनुभयो ।

सोमबार, २४ चैत, २०७६, साँझको ०५:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर