मणि दाहाल
आन्दोलनले जनताका मौलिक अधिकारलाई दस्तावेजीकरणसम्म ग¥यो । स्थानीय तहलाई अधिकार सम्पन्न बनायो । यो आन्दोलनको उपलब्धी हो । यसलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण सहितको समाजवादी यात्राको पक्षमा प्रयोग गर्नु आवश्यक छ । यसको लागि संवृद्धिको भरपर्दो मार्गचित्र चाहिन्छ । त्यसलाई इमान्दारपूर्वक कार्यान्वयको जरुरत हुन्छ । दलीय सुद्धीकरण र मजबुतीकरण बिना उल्लेखित कुराहरु सम्भव छैन । तर सम्वद्ध पक्ष यस दिशामा अग्रसर देखिदैन । दलहरुको आन्तरिक संक्रमण र त्यसको व्यवस्थापनको पाटो नीतिगत तहको दिनचर्या जस्तो देखिन्छ ।
राजनीतिक दलहरुको लोकप्रियता उसले अख्तियार गर्ने नीति र त्यसप्रति प्रतिवद्ध सारथीहरुमा भर पर्छ । तर राजनीतिक दलको भूमिका सो अनुसारको देखिदैन । विश्वासघात राजनीतिको मूल मन्त्र बन्दै छ । राजनीति सिद्धान्तमा डोरिएको छैन । सनातनी पारामा अघि बढ्दै छ । व्यक्तिबादले राजनीतिलाई धमिलो पानी बनाएको छ । विधि, विधान र सामुहिकता भन्ने कुरा भुँई मान्छेलाई मात्र लाग्ने अवस्था छ । दलका निष्ठावान भन्दा नेताको भजने झोले र प्रेमिकासम्म प्रिय लाग्ने अवस्थाले शिर झुकाउनु पर्ने अवस्था छ । फलस्वरुप गणतन्त्र धूर्तहरुको दोहन स्थल बन्न बन्न पुगेको छ । यसलाई राम्रो मान्न सकिन्न । यो आन्दोलनप्रतिको घोर अपमान हो ।
आजको प्रमुख कार्यभार संवृद्धि र सुशासनको हो । यसैको जगमा टेकेर मात्र समाजवादको यात्रा तय गर्न सकिन्छ । सुशासनको लागि दलीय प्रतिवद्धता र पथभ्रष्टताको जगमा दिक्षित कर्मचारी प्रशासनमा आमुल शुद्धिकरण उतिकै आवश्यक छ । ढर्रावादी संस्कृतिलाई कठोरताका साथ निरुत्साहित गर्नु जरुरी छ । राज्यको बेतनभोगीलाई राजनीति भन्दा पृथक राख्नु आवश्यक छ । फितला कानुनहरुलाई सुधार गर्दै त्यसलाई कठोरताका साथ कार्यान्वयन गर्न आवश्यक छ । कर्मचारी प्रशासनमा हाबी भ्रष्टीकरणको नियन्त्रणको लागि सम्पत्ति सुद्धिकरण र अख्तियारलाई कामकाजी बनाउनु पर्छ । सुविधाभोगी र शहरीया संस्कालाई नियन्त्रण गरिनु पर्छ । यत्ति नगरी यथास्थितिमा जनतालाई सुशासन दिनै सकिदैन । अनि सुशासन बिना संवृद्धिको नारा सीमित व्यक्तिको ठगीखाने भाँडो मात्र बन्छ ।
सामाजिक न्याय सहितको समाजवादी राज्य व्यवस्था बिना वर्गीय विभेदको अन्त्य सम्भव छैन । नेपालको सन्दर्भमा समाजवादका हिमायति भनेका वाम शक्तिहरु हुन् । तर, वाम घटकका सीमित जिम्मेवारहरुमा हाबी रहेको चरम महत्वकांक्षा अनि सैद्धान्तिक विचलन र कार्यभारप्रतिको उदासीनता हाबी छ । त्यसै हुनाले नै २००६ सालदेखि तय गरिएको समाजवादको यात्राले आजसम्म पनि मूर्त रुप पाउन सकेको छैन ।
वामपन्थीहरु समाजवादप्रति इमान्दार छन् भन्ने सवालमा जनताको विश्वास अझै मरिसकेको छैन । कुनै न कुनै रुपमा वामहरु पटकांै सत्तामा पुगे । २०७४ सालमा त दुई तिहाइ बहुमतका साथमा सत्तारोहण गरे । तर जनताले न त संवृद्धिको उज्यालो प्रकाश पाउन सके । न त सुशासन नै । समाजवाद त परकै विषय भयो । झन्सारो केपी ओलीको हातमा कम्युनिष्ट आन्दोलन सुम्पिने गलत कामले समग्र वाम आन्दोलनप्रति नै बितृष्णा जगायो । त्यसमाथि २०७४ सालमा उनको सत्तारोहण देश र जनताको लागि नै अभिसाप बन्यो । भष्मासूर अवतारमा उनले समाजवादी आन्दोलनलाई तहसनहस बनाए ।
समाजवादी यात्राको लागि प्ररम्भिक चरण भनेको सामुहिक र संस्थागत रुपमा चल्ने परिपाटीको थालनी हो । चिन्तन शैलीको निख्खरता हो । बैचारिक स्पष्टता हो । अनुकरणीय नेतृत्व हो । साधा जीवन, उच्च बिचार र कठोर संघर्षको अनुशरण हो । चाकरीवाद, निगाहवाद र औपचारिकवादको समुल नष्ट हो । परिाारवाद भन्दा माथि उठ्नु हो ।
हाम्रा वाम नेताहरुले उल्लेखित कुराकै अनुशरण गर्न सकेनन् । अनेकौं दृश्य अदृश्य दोहनबाट मोटाएर अभिजात्य वर्गमा रुपान्तरित भएका सीमित व्यक्तिले नीतिगत तहमा कब्जा जमाएका छन् । उनीहरुलाई सुशासन पनि चाहिएको छैन । संवृद्धि पनि चाहिएको छैन । समाजवाद त उनीहरुलाई पहिलै आइसकेको छ । समाजवादी आन्दोलनभित्रको मूल समस्या नै यहि हो ।
समाजवादी आन्दोलनप्रतिको सैद्धान्तिक बिचलनको विरुद्धमा नेकपा समाजवादीको जन्म भएको छ । वाम आन्दोलनको सैद्धान्तिक पुनर्गठन र एकीकरणको लक्ष्य स्वागतयोग्य छ । तर, उसमा पनि समाजवादको भरपर्दो कार्ययोजना देखिदैन । विद्यमान सामाजिक संरचनालाई बदल्ने सामाजिक तथा सांस्कृतिक रुपान्तरणको पक्षलाई गौण मानिएको छ । तर पनि वैज्ञानिक समाजवादलाई उसले मार्गदर्शक सिद्धान्तको रुपमा स्विकार गरेको हुनाले नेकपा एसप्रति आशावादी हुने ठाँउ छ । साथै वैचारिक संघर्ष र जनताको खबरदारीले एसलाई वाम आन्दोलनको मूल प्रवाहमा ढाल्ने संभावना टरेको छैन ।
समाजवादी आन्दोलनको अर्को समस्या भनेको दलीय संक्रमण हो । राजनीतिक दलहरु फुट्ने र जुट्ने कुरा केटाकेटी खेल जस्तै छ । साथै जुट्दा गणितीय रुपमा जुट्छन् भने फुट्दा शक्ति संघर्षमा । फुटेका त फुटे नै कुरै सकियो । तर, नफुटेका पनि फुटे बराबर छ । आन्तरिक एकता देखिदैन । घात अन्तरघात र विश्वासघातको अवस्था छ । यो क्रमले मूल मुद्दालाई गौण बनायो । समाजवादी आन्दोलनले गति लिन सकेन । आन्दोलनभित्र अवसरवाद घुस्यो । अवसरवादले व्यक्तिवाद जन्मायो । व्यक्तिवादले गुटको सञ्जाल खडा ग¥यो । यिनै कारणले मुख्य कार्यभार छाँयामा प¥यो ।
अब पनि वाम घटकहरुले एक आपसको दोषारोपण र अनेकांै बहानाबाजीमा जनता अल्मल्याउने भूल गर्नु हुँदैन । गल्तिबाट शिक्षा लिँदै स्पष्ट नीतिका साथ समाजवादी आन्दोनको नेतृत्व वाम शतिmहरुले गर्न सक्नु पर्छ । विचार मिल्नेसँग एकता र नमिल्नेसँग साझा सवालमा हातेमालो गरेर अघि बढ्ने नीति अख्तियार गर्नु पर्छ । यतिमात्र कामको थालनी गर्ने हो भने फेरि पनि वाम शतिm नै जनताका विश्वास पात्र बन्छन् । समाजवादी आन्दोलनको गतिलाई कसैले रोक्न सक्दैन । युगले सुम्पेको कार्यभारलाई हामी उचाइमा पु¥याउन सक्छौं । यथास्थितिमै रुमलिने हो भने त भारतीय कम्युनिष्टहरुको अवस्था नियाल्दा मात्र काफी छ ।