सोलुखुम्बु । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–५ का २७ बर्षीय पुर्ण बहादुर खड्का भिरको फेदीमा मृत फेला परेका छन् ।
चैत्र २२ गते शनिवार बिहान ७ बजे साथिहरुसंगै घुम्न भनी पिके डाँडा तर्फ गएका खड्का बेलुका सम्म पनी घर फर्केर नआई सम्पर्क बिहिन भए संगै निजको खोजतलस शुरु गरिएको थियो ।
खड्काको खोजतलासमा खटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रहरी टोलीले आज बिहान सवा ११ बजे दुधकुण्ड नगरपालिका–३ पिकेखोप स्थित भिरको फेदीमा मृत अवस्थामा खड्काको शव फेला पारेको हो ।
खड्कालाई मृत फेला पारिएसंगै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट अनुसन्धान अधिकृत सहितको थप टोली खटि गई कानूनी प्रकृया तथा अन्य अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।