कोरोना कोषमा न्यायाधीश र कर्मचारीको सहयोग

विराटनगर । सरकारले स्थापना गरेको कोरोना रोकथान, नियन्त्रण र उपचार कोषमा उच्च अदालत विराटनगर र मातहतका अदालतका न्यायाधीशहरुबाट पनि सहयोग उपलब्ध गराइएको छ ।

उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाशीले १० दिनको तलब, उच्च अदालत विराटनगर मातहतका मोरङ र सुनसरी जिल्ला अदालतका न्यायाधीशहरुले ७ दिनको तलब सरकारी कोषमा दाखिला गरेका छन्् ।

उच्च अदालत विराटनगरका उप–रजिष्ट्रार मणिराम पोखरेलले रजिष्ट्रारबाट ७ दिनको, अधिकृतस्तरका कर्मचारीहरुबाट ५ दिनको, नायब सुब्बादेखि श्रेणीविहीन कर्मचारीहरुबाट ३ दिनको तलब बराबरको रकम सहयोग स्वरुप उपलब्ध गराएको बताउनुभयो । मुलुक नै संकटमा परेको बेला न्याक्षेत्रबाट समेत सहयोग गरिएको उहाँले बताउनुभयो ।

सोमबार, २४ चैत, २०७६, बिहानको ०९:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर