निमोनियाले ग्रसित भएका बालकलाई डा. राजेश यादवले बचाए

विराटनगर । निमोनियाले ग्रसित भएका एक जना बालकलाई विराटनगरको हस्पिटल चौकमा रहेको बालवालिका क्लिनिकका वरिष्ठ बाल रोग विशेषज्ञ चिकित्सक डा. राजेश यादवले सफल उपचार गरी बचाएका छन् ।
सप्तरी घर भएका १० वर्षीय बालक सौरव यादव निमोनिया भएपछि सिकिस्त बिरामी भएर डा. यादवको क्लिनिकमा आएका थिए ।
‘निमोनियाको कारणले श्वासप्रश्वासमा समस्या भएपछि गाह्रो भएर आएका थिए । बिरामीको अवस्था निकै नाजुक रहेको थियो । हस्पिटलमा राखेर १० दिन उपचार गरेपछि अहिले पूर्ण रूपमा ठिक भएका छन्,’ बालरोग विशेषज्ञ डा. यादवले भने, ‘स्याचुरेसन लेभल पनि निकै कम थियो । ९५ भन्दा माथि हुनुपर्ने ठाउँमा बिरामी बच्चाको ५०÷६० मात्र रहेको थियो । स्वास लिन गाह्रो थियो । यहाँ आइपुग्दा बच्चा बेहोस थिए । आइसियुमा दुई दिन राखेर उपचार गरेपछि बिरामीको स्वास्थ्यमा सुधार आयो । त्यसपछि जनेरल वार्डमा सारेर १० दिन उपचार गरेपछि बिरामीको अवस्था ठिक भयो ।’
बिरामीका आफन्तले माया मारिसकेको बालकलाई बचाएको डा। यादवले बताए । बालकको आर्थिक अवस्था पनि नाजुक रहेको थियो । बिरामीलाई घर लैजाने पैसा पनि नभएपछि हामीले सहयोग गरेको उनले बताए ।
बालक यादवको सफल उपचार भएपछि डिस्चार्ज दिइएको छ । चिकित्सक यादवले सफल उपचार गरेर पुनः जन्म दिएको बालकका परिवारले बताएका छन् । उपचार संलग्न चिकित्सकप्रति कृतज्ञ भएको उनीहरूको भनाई छ ।

शनिबार, ११ भदौ, २०७९, बिहानको १२:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर