विराटनगर । मोरङको क्षेत्र नं. ५ स्थित जहदामा नेपाली कांग्रेसका युवा नेता सलिम अन्सारीको नेतृत्वमा राहत वितरण भएको छ ।
अन्सारीसहति वरिष्ठ नेता ताजिम अहमद, महेन्द्र मण्डल र प्रवेश मण्डलको उपस्थितिमा ह्यूमानिटी फाउनडेशनले लक्षमिनिया युवा क्लबमार्फत राहत वितरण गरेको हो ।
राहत सामग्रीहरू २५० केजी चामल, २५ केजी दाल, २५ केजी तेल, १०० मास्क, र १०० पिस हाथ धुने साबुन सो अवसरमा हस्तान्तरण गरिएको थियो । विश्व व्यापी फैलिरहेको महामारीको नियन्त्रण तथा रोकथामका निम्ति सरकारले लकडाउन घोषणा गरेको कारण गरिब र ज्याला मजदुरी गर्ने परिवारमा भोकमरीको अवस्था आउने भएपछि राहत वितरणको पहल गरेको अन्सारीले बताउनुभयो ।
अन्सारीको पहलमा ह्यूमानिटी फाउन्डेसनद्वारा मास्क र साबुनसहित गहुँ चामल, दाल, नुन, तेल जस्ता खाद्यान्न वितरण गरिरहेको छ । फाउन्डेसनका संस्थापक अन्सारीले लकडाउनको कारण समस्यामा परेकालाई फाउन्डेसनमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।