२ सय परिवारलाई घरमै राहत

विराटनगर । सुनवर्षी नगरपालिकाको वडा नं. २, ३, ८, ९ तथा पथरीशनिचरे नगरपालिका वडा न ५ र ६ का गरिब तथा एकल महिला, वृद्धवृद्धा र दलित परिवारलाई राहत सामाग्री प्रदान गरिएको छ।

एक परिवार बराबर ५ केजि चामल,आधा केजि दाल, एक केजि नुन एउटा लाईफब्वाई साबुन वितरण गरिएको हो । समाजसेवी तथा युवा कृष्ण कार्किको आर्थिक सहयोगमा सामाजिक कार्यकर्ता देबकिशन मुन्दडामार्फत देबेनारा परिवार विराटनगर र हिपमत मिडिया हाउस विराटनगरको आयोजनामा राहत वितरण गरिएको हो ।

समाजसेवि कार्कीले देशमा कोरोनाको कहरलाई मध्यनजर गर्दै कुनै पनि परिवार भोकै मर्नु हुँदैन राहत सामाग्री प्रदान गर्नुभएको हो ।

आइतबार, २३ चैत, २०७६, साँझको ०७:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर