विराटनगर । विराटनगर १४ मलाया रोडमा रहेको दिव्य ज्योति हस्पिटलमा ‘पेइङ्ग क्लिनिक ९फास्ट ट्र्याक० तथा डे केयर सेवा सुरु गरेको छ ।
बिरामीलाई गुणस्तरीय सेवा दिँदै आएको दिव्य ज्योतिले बिरामीहरूलाई छिटो र छरितो सेवा प्रवाह गर्ने उद्देश्यले फास्ट ट्र्याक तथा डे केयर सेवा सुरु गरेको हो ।
फास्ट ट्र्याकबाट बिरामीले उपचार गरे छिटो सेवा पाउने अस्पतालका प्रशासक प्रमुख दीपेन्द्र साहले जानकारी दिए । फास्ट ट्र्याकबाट आउने बिरामीले कम समयमा एउटै छानामुनि सम्पूर्ण सेवाहरू प्राप्त गर्नेछन् ।
भरपर्दो उपचार सेवा प्रदान गरेर बिरामीको मन जित्दै आएको दिव्य ज्योतिले २४ नै घण्टा आकस्मिक सेवा, फिजिसियन डाक्टरहरूबाट ओपिडी सेवा, आँखा, नाक, कान तथा घाँटीको सम्पूर्ण उपचार सेवाहरू गर्दै आएको छ । यस्तै छाला, यौन तथा कुष्ठ रोग, उपचारको सुविधा पनि रहेको छ ।
अस्पतालमा मोतिया विन्दुको शल्यक्रियाको साथै डे– केयरको पनि सुविधा रहेको छ । फेको प्रविधिद्वारा तोपिकल विधिले मोतिया बिन्दुको पनि शल्यक्रिया गर्दै आएको छ । यस्तै अत्याधुनिक फेको प्रविधि द्वारा शल्यक्रिया गरी स्वदेशी तथा विदेशी लेन्स राख्ने गरेको छ । दिव्य ज्योतिमा जल बिन्दुको शल्यक्रिया गर्नुको साथै मासु पलाएको, आँसु नली र छड्के आँखाको चेकजाँच तथा शल्यक्रिया हुने गरेको छ । अस्पतालमा दैनिक २५० भन्दा बढी बिरामीले उपचार गर्न बिरामी आउने गरेका छन् ।