विराटनगर । कैलालीको धनगढीका कोरोना संक्रमित युवकसँगै दुबईबाट आएका युएईबाट आएका विराटनगर १५ का युवकमा कोरोना नभएको पुष्टि भएको छ ।
सोमबार कोशी अस्पतालमा थ्रोट स्वाब संकलन गरी परीक्षणको लागि पठाएकोमा नेगेटिभ रिपोर्ट आएको असपतालले जनाएको छ ।
युवामा कुनै समस्या नदेखिएपनि उनको परिवारका तीन सदस्यमा ज्वरो र रुघाखोकी देखिएपछि चारै जनालाई विराटनगर १९ स्थित क्वारेन्टाइनमा राखिएको थियो । त्यहीबाट कोसीमा ल्याएर उनको स्वाब संकलन गरी परीक्षणको लागि पठाएको बुधबार नेगेटिभ रिपोर्ट आएको कोशी अस्पतालका फोकल पर्सन डा.डेनप्रसाद आचार्यले जानकारी दिनुभयो ।
रिपोर्ट नेगेटिभ आएपनि उनीसहित परिवारलाई थप एकसातासम्म क्वारेन्टाइनमै राखिनेछ । कोरोना महामारीको त्रासका कारण युएईमा सँगै बस्ने धनगढीका साथीसँगै दिल्ली हुँदै चैत ६ गते उनी घर आएका थिए ।
चैत १४ गते धनगढीका साथीलाई कोरोना संक्रमण पुष्टि भएपछि उनलाई विराटनगर महानगरपालिकाले परिवारसहित क्वारेन्टाइनमा पठाएको थियो ।