तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडाका ८३ बर्षीय फौदराज पौठाक जंगलमा जलेको अवस्थामा मृत फेला परेका छन् ।
मंगलबारदेखि हराईरहेका बृद्ध चुहानडाँडास्थित लामा चौतारी सामुदायिक वनमा जलेको अवस्थामा बुधवार दिउँसो २ बजे फेला परेका हुन् ।
मंगलबार सो जंगलमा आगलागीसमेत भएको बताइएको छ । घटनाको जानकारी पाएसँगै ईलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल पाँचथर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।