विराटनगर । भारतको बिहार राज्यस्थित विभिन्न स्थानबाट नेपाल आउने क्रममा सीमा क्षेत्र जोगवनीमाअलपत्र परेका १५ जना नेपालीलाई मंगलबार उद्धार गरिएको छ ।
सीमा क्षेत्रसम्म भारतको विभिन्न ठाउँबाट पैदल आएका नेपालीहरूलाई उद्धार गरी मिक्लाजुङ गाउँपालिकाको टाँडीस्थित क्वारेन्टाइनमा पठाइएको छ ।
उनीहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा पठाइएको हो । उद्धार गरिएकाहरु १२ जना दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक र ३ जना विद्यार्थी थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार उद्धार गरिएकाहरु रुकुम जिल्लाका हुन् ।
उनीहरूमध्ये जोगबनी–विराटनगर नाकामा सोमवार बेलुका १३ जना र मंगलबार बिहान २ जना आइपुगेका थिए। मोरङको टाँडीमा नेपाली सेनाले २ सय क्षमताको क्वारेन्टाइन बनाएको छ ।
क्वारेन्टाइनमा बस्ने हाल १ सय ७ पुरुष र महिला ९ गरी १ सय १६ जना पुगिसकेका छन्।