काठमाडौं । काठमाडौंको वीर अस्पतालमा सोमबार मृत्यु भएका दुई जनालाई कोरोना नभएको देखिएको छ।
आइतबार करिब ४० वर्षीया नैकापकी एक महिलाको वीर अस्पतालको आइसियुमा मृत्यु भएको थियो भने अर्का एक जनाको सोमबार दिउँसो अस्पतालको इमरजेन्सीमा मृत्यु भएको थियो।
ज्वरो आएको अवस्थामा अस्पताल पुगेका उनीहरुलाई कोरोना भएको शंका गरिएको थियो। दुवै जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
नैकापका मृतककलाई सशस्त्र बल प्रहरी अस्तालबाट रेफर गरी वीर पठाएको थियो उनमा श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने समस्या थियो ।
सोमबार मृत्यु भएका ३५ वर्षीय युवकमा पनि श्वास फर्ने र ज्वरोको समस्या थियो। उनको अस्पतालमा ल्याउने वित्तिकै मृत्यु भएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको वीर अस्पतालले जनाएको छ ।